‘जेसिजका युवाहरु परिवर्तनका सम्वाहक हुन्’

raju tiwari jci

राजु तिवारी (अध्यक्ष)
वालिङ जेसीज
:
विश्व वन्धुत्व, विधिको शासन, आर्थिक न्याय नेतृत्व एंव व्याक्तित्व विकास र मानवताको सेवा जस्ता आदर्श लक्ष्य लिएको विश्वव्यापी संगठनलाई आत्मसाथ गर्दै सन २००४ मा वालिङ जेसीजको विश्वव्यापी संगठनलाई आत्मसाथ गर्दै सन २००४ मा वालिङ जेसीजको स्थापना भएको थियो । जेसीजको विश्वयापी अभियान १८ देखी ४० वर्ष सम्मका युवाहरुलाई एकतावद्ध तथा एउटै मालामा उन्ने थलो बनेको छ । वालिङ जेसीज यस संस्थापक सक्रिय पुर्व अध्यक्ष तथा पदाधिकारीहरु ४० बर्षको उमेरपछी संस्थाको अभिभावक हुने परम्परा छ । यस्तो उनीहरुको अनुभव नयाँ पुस्ताले हासिल गर्ने पाउछन् । जेसीजले तालीम र विभिन्न कार्यक्रमको माध्यमबाट आफ्ना सदस्यहरुको ब्याक्तित्व र नेतृत्व विकास समाजका लागि योग्य र सकरात्मक सोच सहितका सक्रिय युवाहरु उत्पादन गरि हस्तान्तरण गर्ने गर्दछ । एक व्याक्तित्व, एक पद, एक कार्यकाल र ४० वर्ष उमेर पुगेपछी संस्थाको अभिभावक बन्ने नेतृत्व निर्माण र हस्तान्तरणको यो परम्परा देश अन्य संगठन र राजनीतिक दलहरुको समेत अनुकरण गर्न सकनुपर्छ । वालिङ जेसीजले यस वर्ष सम्पन्न गरेका कार्यहरु र अन्य गतिविधहिरुलाई लिएर आँधीखोला खवरका लागि पत्रकार अमृत अर्यालले वालिङ जेसीजका अध्यक्ष राजु तिवारी संग गरेको कुराकानीको सारसंक्षेप ………..
१) अध्यक्ष ज्यु आराम हुनुहुन्छ ? वालिङ जेसीजले पछिल्लो समय विश्वबन्धुत्व र विधिको शासनको नीति विर्सदै गएको टिप्पणी सुनिन्छ नि ?
वालिङ जेसीजको पछिल्लो समयमा विश्वबन्धुत्वको भावना, विधीको शासन र आर्थिक न्यायको सिद्धान्तलाई बिर्सदै गएको छ । भन्ने कुरामा कुनै सत्यता छैन । जेसीजको मुल उदेश्य नै नेतृत्व तथा व्याक्तित्व विकास र मानवताको सेवा भएकाले यसैले आत्मसाथ गर्दै वालिङ जेसीजले वर्ष २०१९ का कार्यक्रमहरु अगाडि सारेको छ ।
२) वालिङ जेसीजका जिम्मेवारी सम्हाल्नु भएको ५ महिना भन्दा बढि भयो । हालसम्म भएको कार्यप्रगती र भावी योजनाबारे जानकारी गराइदिनुस न ।
मेरो नेतृत्वमा बनेको वालिङ जेसीजको नयाँ कार्यसमितीले केही कार्यगत उपलब्धि हासील गरेको छ । नेपालभरी जेसीज शाखाहरु मध्ये उत्कृष्ट कार्यसम्पादन गरेबापत मार्च महिनामा वालिङ जेसीज नेपाल जेसीजबाट प्रदान गरिने जेसीज अफ दि मन्थ बाट सम्मानित भएको छ । हामीले यो ५ महिनाको अवधिमा समय साक्षेप अनुकुल विविध सकरात्मक तथा समाजलाई प्रत्यक्ष फाईदा पुग्ने कार्यहरु सम्पन्न गरीसकेका छौ । विविध सामुदायीक कार्यक्रमका अतिरिक्त तालिम संचालन , वक्तृत्वकला प्रतियोगिता संचालन , घ्वाङखोला धार्मिक एवं पर्यटकीय क्षेत्रमा आर्थिक सहयोग, होली र गणतन्त्र दिवसको अवसरमा नगर सरसफाई तथा गोडमेल कार्यक्रम , मानव सेवा आश्रममा आर्थिक सहयोग, एसइइ दिने विद्यार्थीका लागि माक्स वितरण तथा अन्य धेरै कार्यहरु सम्पन्न भएको अवगत गराउन चाहन्छु ।

३) जेसीज हुनेखानेहरुको मात्र संस्था हो भन्ने आलोचना धारणा छ । तपाई के भन्नुहुन्छ ?
कुनै पनि विषयलाई माइक्रो लेभलबाट अध्यान र अनुसन्धान नगर्ने प्राय ःसबै नेपालीहरुको प्रवृति नै हो । हामीले गहिरिएर अध्यन नगरेकाले त्यो बस्तुगत ज्ञान नभएको जस्तो लाग्छ । जेसीज प्रती सर्वसाधारणले धेरै अपेक्षा गरेकाले पनि यस्तो धारणा बनेको हुन सक्छ जेसीज अरु संस्था जस्तो सामाजिक संस्था होइन त युवाहरुलाई जागृत र सचेत गराउन स्थापित संस्था हो । तर राज्यले पुरा गर्ने नसकेको काम हामीले पुरा गरेका छांै । जेसीज अरु संस्था जस्तो महङगो छैन । अत्यन्त पक्षपाती धारणा हो । राज्यले युवाहरुलाई आयस्रोत बढाईदिने काम गर्नुपर्छ । जेसीज युवाहरुलाई आत्मनिर्भर बनाउने संस्था हो । धनीमानीहरुको संस्था होइन । जेसीजले आर्थिक र सामाजिक रुपान्तरणमा योगदान पु¥याएको छ ।
४) यो जेसीज कस्तो खालको संस्था हो ?
जेसीज १८ देखी ४० वर्ष सम्मका युवाहरुको नेतृत्व र व्याक्तित्व विकास गर्ने अन्तराष्ट्रिय स्तरको संस्था हो । यसले शासन व्याक्तिको होइन विधिको हुनुपर्दछ भन्ने मन्त्रलाई आत्मसाथ गर्दै विभिन्न कार्यक्रमहरु संचालन गर्ने गर्दछ । समाज निर्माणमा असल नेतृत्व सक्रिय हुनुपर्दछ । जेसीजले तालिमको माध्यमबाट असल नेतृत्व उत्पादन गर्ने प्रयास गर्दछ । यसले रचनात्मक अभ्यासको माध्यमबाट सवल र सक्षम युवाहरु उत्पादन गरी समाज र राष्ट्र हितमा प्रयोग गर्दछ ।
५) जेसीजको विशेषता चाँहि के हो ?
हरेक वर्ष नयाँ नेतृत्व उत्पादन गर्ने र समाजका रचनात्मक क्रियाकलापमा आफुलाई समर्पित गर्ने जेसीजको विशेषता हो । विधिको शासनको वकालत गर्नु जेसीजको अर्का विशेषता हो । व्यक्तिको क्षमता अभिवृद्धिका तालिमहरु निरन्तर संचालन गरिरहनु पनि जेसीजको विशेषता नै मान्न सकिन्छ । यसका अलवा सदस्यताको लागि १८ देखि ४० वर्ष सम्म उमेरको हदबन्दी यसको विशेषण छ । कति पनि विचलित नभै समाज सुधारमा लागिपर्नु पनि यसको महत्वपूर्ण विशेषता नै हो ।
६) जेसीज कत्तिको खर्चिलो हुदो रहेछ ?
जेसीजको सदस्यता लिन निश्चित मापदण्ड गर्नुपर्दछ । खर्च संगै यसमा अवसर पनि प्राप्त हुन्छ । प्रत्येक सदस्यको वार्षिक सदस्यता नविकरण वापत १० अमेरीकी डलर तिर्नु पर्दछ । त्यसवाहेक अन्य कार्यक्रममा सहभागी हुन जाँदा आउँदाको सामान्य खर्च वाहेक त्यस्ता धेरै खर्च हुदैन । युवाहरुको क्षमता विकास र अन्य तालिममा समान्य खर्च हुन स्वाभाविकै मान्नुपर्दछ । त्यती मात्र होइन यसले आर्थिक उपार्जनका संभावनाहरुको समेत खोजी गर्दछ ।
७) पहिलोपटक आफै प्रत्यक्ष रुपमा जेसीजमा लाग्दाको अनुभव कस्तो रह्यो ?
सन् २००४ मा लक्ष्मी रेग्मीको अध्यक्षतामा वालिङ बजारका नव युवाहरुलाई समेटेर वालिङ जेसीजको जन्म भएको सबैमा विदितै छ । सन् २००६ मा जेसीजमा पहिलोपटक लाग्दा जेसीजको आस्था पढेको र आदर्श वाक्यले मनै छोयो । यो नै सत्य हो भन्ने मेरो मानस्पटलमा रहेकोले मलाई जेसीजको सदस्यता लिने प्रेरणा मिल्यो । प्रथम पटक जेसीजको कार्यक्रममा भाग लिन जाँदा धेरै साथीहरु संगको सामित्यता मलाई जेसीजप्रतिको विश्वास जगायो ।
८) व्यावसायी र जेसीजको अध्यक्ष बन्न कुन सजिलो रहेछ ?
निश्चय नै दुवै काम सजिलो थिएन म व्यावसाय र वालिङ जेसीजको अध्यक्ष दुवैको जिम्मेवारी पुरा गरेको छु । म वालिङ जेसीजको अध्यक्ष वाहेक दर्जन भन्दा बढी संघ संस्थामा आबद्ध छु । सबै जसो सामाजिक संघसंस्थाहरुमा काम गर्नका लागि गोजीबाट पैसा गइरहे पनि काम गर्न निकै चुनौति हुनेरहेछ ।
९) जेसीजको अनुभवलाई हेर्दा तपाई यसभन्दा अगाडी नै अध्यक्ष बन्न सक्नुहुन्थ्यो नि ?
हरेक काम गर्दा समय छुट्याउनुपर्छ । सहमती र सहकार्यमा साथीहरुलाई पालो दिदा ढिलो भएको हो ।
१०) अन्त्यमा आँधीखोला खवर मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
राष्ट्रिय स्तरमा वलियो सञ्जाल बनाउन सफल जेसीज मार्फत राष्ट्र एवं समाज निर्माण अभिभावकमा सहभागी हुन सबै युवाहरु साथिहरुलाई हार्दिक अनुरोध गर्ने चाहन्छु । वालिङ जेसीजले लिएका उदेश्य र आगामी कार्यक्रमहरु सफल बनाउन हामी सबे मिलेर अघि बढौ भन्न चाहन्छु । वालिङ जेसीजको अभियान वालिङलाई रोज सिटी र पिङ सिटी बनाउने योजनालाई वालिङ नगरपालिकाले समेत अपत्व ग्रहण गरेको अवस्था छ । यो अभियानलाई सबै मिलेर सफल पारौ भन्दै यो अवसरका लागि आँधीखोला खवर डटकमलाई धन्यवाद दिन चाहन्छु ।

Facebook Comments Box
TOP