नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम स्याङ्जामा सम्पन्न ।

आँधीखोला खवर/स्याङ्जा :
अनौपाचारिक क्षेत्र सेव केन्द्र (इन्सेक) स्याङ्जाको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम आज जिल्ला सदरमुकाममा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि हिमलाल पराजुलीले सन् २०१९ को जनवरी देखि हालसम्म जिल्लामा संकलन गरेका घटनाका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार बगालेले इन्सेकले मानवअधिकारको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको बताउदै मानवअधिकार वर्ष पुस्तक एक महत्वपुर्ण दस्तावेज भएको बताउनु भयो । उपप्रमुख बगालेले मानवअधिकारको रक्षाको लागि सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।
नेकपाका प्रतिनिधि नारायण लम्सालले समाजमा घटने घटनाको न्युनिकरणका लागि राज्यको मात्रै मुख नहेरी सबै लाग्न सकेको खण्डमा मात्रै अपराधलाई नियुनिकरण गर्न सकिने बताउनु भयो ।

नेपाली कांग्रेस महासमिति सदस्य हिरादेवी शर्माले बैदेशीक रोजगारीले समाजमा समस्या थप्दै गएको बताउदै यसको बारेमा समयमै सोच्नु पर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी नविनकृष्ण भण्डारीले अपराध नियन्त्रणका साथै पीडितलाई न्याय र पीडकलाई कारवाही गर्ने कुरामा आफुहरुले कुनै कसर बाकी नराख्ने बताउनु भयो ।
आफुहरु यस विषयमा सेचेत रहेको बताउदै माताहातका सुरक्षा कर्मीहरुलाई मानवअधिकार सम्बन्धी शिक्षा दिदै आएको जाकारी दिनुभयो ।
जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले इन्सेकले आफ्नो दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिनु भयो । बलात्कार र घरेलु हिसां मात्रै नभएर बैदेशिक रोजगारीका कारण हुने गरेका समस्याका विषयमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले अझै पनि घटनाहरुलाई समाजमै मिलापत्र गराउने बेलाबखत कोसिस हने गरेको बताउदै सबैको खबरदारी आवश्क रहेको बताउनु भयो । कार्यक्रममा गैसस महासंका उपाध्यक्ष गोविन्द शर्मा, रेडियो स्याङ्जाका स्टेसन म्यानेजर रमेश गोदार लगायतले आआफ्नो भनाइ राखेका थिए । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि हिमलाल पराजुलीले सन् २०१९ को जनवरी देखि हालसम्म बलात्कार तथा बलात्कार प्रयासका १२, प्रहरी द्वारा गिरफ्तार ४ ओटा र घरेलु हिसांका ९ ओटा घटनाका साथै जिल्लाको मानवअधिारको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । जिल्लामा घरेलु हिसांका ४१ उजुरी दर्ता भए पनि इन्सेकले ९ ओटा संकलन गरेको जनाएको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


