विश्वकप क्रिकेट : अफगानिस्तान विरुद्ध भारतको संघर्षपूर्ण जीत, शामीको ह्याट्रिक विकेट ।

आँधीखोला खवर :
विश्वकप क्रिकेटको शनिबारको खेलमा भारतले कमजोर अफगानिस्तान विरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ । अन्तिम ओभरमा मोहम्मद सामीले ह्याट्रिक विकेट लिएपछि एक बल बाँकी छदैं भारतले ११ रनको जीत निकालेको हो ।
जितसँगै भारतले आफ्नो अपराजित यात्रा कायम राखेको छ । हारसँगै भारतविरुद्ध ऐतिहासिक जीत हासिल गर्ने अफगानिस्तानको सपना तुहिएको छ । अफगानिस्तानलाई अन्तिम दुई बलमा १२ रन चाहिएको थियो । सामीले खेलमा चार विकेट लिए भने जसप्रित बुमराह, युजभेन्द्र चाहल र हार्दिक पाण्डेयले दुई दुई विकेट लिए । अफगानिस्तानका लागि मोहम्मद नाबीले ५२ रनमा अन्तिम ओभरको तेस्रो बलमा आउट भएपछि टिम हारको संघारमा पुगेको थियो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले ५० ओभरमा ८ विकेट गुमाउँदैं २२४ रनमात्र बनाएको थियो । जारी विश्वकपमा भारतको यो सबैभन्दा कम रन स्कोर हो । खासगरी अफगानिस्तानका स्पीनरसामु भारतीय खेलाडी निरीह झैं देखिए । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ६७ रन जोडे । केदार जादभले ५२ रन बनाए । ओपनर रोहित शर्मा १० बलमा १ रनमै मुजीब उर रहमानको बलमा बोल्ड भएपछि अर्का ओपनर केएल राहुल ३० रनमा मोहम्मद नाबीको बलमा क्याच आउट भएका भएका थिए । शिखर धवनको स्थानमा टिममा स्थान बनाएका विजय शंकरले २९ र महेन्द्रसिंह धोनीले २८ रनमा सिमित भए ।
न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लियो :
न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा वेष्ट इण्डिजलाई ५ रनले पराजित गर्दै न्युजिल्यान्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
म्यान्चेस्टरमा न्युजिल्यान्डले दिएको २९२ रनको लक्ष्य पछा्एको वेष्ट इण्डिजले ४९ ओभरमा पूरै विकेट गुमाउँदै मात्र २८६ रन पूरा गर्यो । वेष्ट इण्डिका लागि कार्लोस ब्राथवेटले शतकीय पारी खेले । ८२ बल खेलेका उनले ९ चौका र ५ छक्काको सहयोगमा १०१ रनको योगदान गरे । त्यस्तै क्रिस गेल र शिम्रोन हेट्मायरले अर्धशतकीय पारी खेले । ८४ बल खेलेका उनले ८ चौका र ६ छक्काको सहयोगमा ८७ रन बनाए । ४५ बल खेलेका हेट्मायरले ८ चौका र १ छक्काको सहयोगमा ५४ रनको योगदान गरे ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


