विश्वकप क्रिकेटमा अंकको खाता खोल्यो दक्षिण अफ्रिकाले ।
आँधीखोला खवर :
इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तीन हारपछि चौथो खेलमा अंकको खाता खोलेको छ । दक्षिण अफ्रिका वेष्ट इण्डिजबीचको सोमबार रातिको खेल वर्षाले नतिजाविहीन भएको थियो । सोमबार वर्षाले खेल रोकिएर अगाडि नबढ्ने अवस्थामा दक्षिण अफ्रिकाले टस हारेर ब्याटिङ गर्दै ७.३ ओभरमा २ विकेटको नोक्सानीमा २९ रन जोडेको थियो । ओपनिङ ब्याट्सम्यान क्विन्टन डे ककले २१ बलमा नटआउट १७ रन बनाएका थिए । हसिम अम्ला ६ र आदेन माक्रम ५ रन बनाएर आउट भएका थिए ।
दुवै विकेट सेल्डन कोट्रेलले लिएका थिए । यो खेल स्थगित भएपछि दुवै टोलीले १–१ अंक बाँडेका छन् । लगातार तीन हारपछि मात्र खेल रद्द भएपछि दक्षिण अफ्रिकाले १ अंक बटुलेको हो । वेष्ट इण्डिजले ३ खेलमा ३ अंक जोडेको छ ।
आजकोे खेल
आज बंगलादेश र श्रीलंकाबीचको खेल हुँदैछ । ब्रिष्टलमा दिउँसो ३ः१५ मा हुने खेल जित्ने लक्ष्यसहित दुवै टिम मैदानमा उत्रने छन् । श्रीलंका ३ र बंगलादेश २ अंकमा छ । न्यूजिल्याण्ड ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । अफगानिस्तानले मात्र अंकको खाता खोलेको छैन ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


