विश्वकप क्रिकेटमा अंकको खाता खोल्यो दक्षिण अफ्रिकाले ।
आँधीखोला खवर :
इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तीन हारपछि चौथो खेलमा अंकको खाता खोलेको छ । दक्षिण अफ्रिका वेष्ट इण्डिजबीचको सोमबार रातिको खेल वर्षाले नतिजाविहीन भएको थियो । सोमबार वर्षाले खेल रोकिएर अगाडि नबढ्ने अवस्थामा दक्षिण अफ्रिकाले टस हारेर ब्याटिङ गर्दै ७.३ ओभरमा २ विकेटको नोक्सानीमा २९ रन जोडेको थियो । ओपनिङ ब्याट्सम्यान क्विन्टन डे ककले २१ बलमा नटआउट १७ रन बनाएका थिए । हसिम अम्ला ६ र आदेन माक्रम ५ रन बनाएर आउट भएका थिए ।
दुवै विकेट सेल्डन कोट्रेलले लिएका थिए । यो खेल स्थगित भएपछि दुवै टोलीले १–१ अंक बाँडेका छन् । लगातार तीन हारपछि मात्र खेल रद्द भएपछि दक्षिण अफ्रिकाले १ अंक बटुलेको हो । वेष्ट इण्डिजले ३ खेलमा ३ अंक जोडेको छ ।
आजकोे खेल
आज बंगलादेश र श्रीलंकाबीचको खेल हुँदैछ । ब्रिष्टलमा दिउँसो ३ः१५ मा हुने खेल जित्ने लक्ष्यसहित दुवै टिम मैदानमा उत्रने छन् । श्रीलंका ३ र बंगलादेश २ अंकमा छ । न्यूजिल्याण्ड ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । अफगानिस्तानले मात्र अंकको खाता खोलेको छैन ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


