मंगलवार मृत अवस्थामा भेटिएका अधिकारीको हत्या भएको पुष्टी, हत्या आरोपी पक्राउ ।

श्रीकृष्ण सिग्देल / वालिङ :
जेष्ठ २७ गते भीरकोट नगरपालिका १ मुल्कीचौपारीमा मृत भेटिएका भनिएका व्यक्तिलाई हत्या गरेको खुल्न आएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका १३ का ५५ वर्षीय राजेश अधिकारीको शव २७ गते विहान मृत अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीका अनुसार २६ गते राती मृतक अधिकारीले मादक पदार्थ सेवन गरी रुपन्देही देवदह १० घर भई भीरकोट १ डायमण्डचोक बस्ने ३९ वर्षीय लेखबहादुर सुर्यवंशीले हत्या गरेको खुल्न आएको हो ।

हत्या आरोपी लेखबहादुर सुर्यवंशी

सुर्यवंशीको डेरामा गई काम गरेको पैसा मागेकोमा एक दुई दिनमा दिउँला भन्दा आत्म सम्मानमा चोट पुग्ने गरी गाली गलौज गरेको भन्दै सुर्यवंशीले मृतक अधिकारीलाई हथौडा र काठको चिरपटले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सुर्यवंशीको प्रहारबाट घाईते भएका मृतक अधिकारीको मृत्य भएको प्रहरी उपरिक्षक भण्डारीले बताउनु भयो । सुर्यवंशीलाई जिल्ला अदालतमा पेश गरि म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यारा पत्ता लगाउन गण्डकी प्रदेशबाट कुकुर सहित जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालको कमाण्डमा टोली खटिएको थियो । हत्यामा संलग्न सुर्यवंशी र मृतक दुवैले मादक पदार्थ सेवन गरेर झगडा हँुदा घट्ना घटेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
TOP