वालिङ—७ हिलेपानी हर्रेडाँडाका घर—घरमा पुग्यो पानीको धारा ।

आँधीखोला खवर/ वालिङ :
स्याङ्जाको वालिङ–७ हिलेपानीस्थित हर्रेडाँडामा लिफ्टिङ गरी खानेपानी घर—घरमा पुर्याईएको छ । खानेपानीको जोहो गर्दैमा दैनिकी हर्रेडाँडाका ५४ घरपरिवारमा पानीसँगै खुशियाली छाएको हो । गाउँभन्दा झण्डै ११० मिटर तल बाहुनधारा मूलबाट १६ सोलार प्यानलको माध्यमबाट पानी तानिएको छ । मुहान र गाउँमा २०/२० हजार लिटरको ट्याङ्की निर्माण गरिएको वालिङ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्र मल्लले जानकारी दिनुभयो । घर नजिकै खानेपानीको मुहान नहुँदा यसक्षेत्रका बासिन्दालाई पानी ओसार्न मै दिन वित्ने गरेको बाहुनधारा हर्रेडाँडा लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष विक्रान्त अधिकारीले बताउनुभयो ।

खानेपानी योजना सम्पन्न भए पछि यस क्षेत्रका जनतालाई निक्कै राहतको महशुस भएको छ भन्दै समाजसेवी भोजराज गुरुङले भन्नुभयो,’यो भन्दा अगाडि पानीको जोहो गर्न नै दिन वित्ने गरेको थियो ‘ ।
वालिङ नगरपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख र गत आर्थिक बर्षमा रु सात लाख रकम विनियोजन गरेको थियो । स्थानीयवासीले करीब रु दुई लाख बराबरको जनश्रमदान गरी खानेपानी आयोजना निर्माण गरेको वडासदस्य इन्द्रबहादुर गुरुङले बताउनुभयो ।

समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


