वालिङ—७ हिलेपानी हर्रेडाँडाका घर—घरमा पुग्यो पानीको धारा ।


आँधीखोला खवर/ वालिङ :
स्याङ्जाको वालिङ–७ हिलेपानीस्थित हर्रेडाँडामा लिफ्टिङ गरी खानेपानी घर—घरमा पुर्याईएको छ । खानेपानीको जोहो गर्दैमा दैनिकी हर्रेडाँडाका ५४ घरपरिवारमा पानीसँगै खुशियाली छाएको हो । गाउँभन्दा झण्डै ११० मिटर तल बाहुनधारा मूलबाट १६ सोलार प्यानलको माध्यमबाट पानी तानिएको छ । मुहान र गाउँमा २०/२० हजार लिटरको ट्याङ्की निर्माण गरिएको वालिङ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्र मल्लले जानकारी दिनुभयो । घर नजिकै खानेपानीको मुहान नहुँदा यसक्षेत्रका बासिन्दालाई पानी ओसार्न मै दिन वित्ने गरेको बाहुनधारा हर्रेडाँडा लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष विक्रान्त अधिकारीले बताउनुभयो ।

खानेपानी योजना सम्पन्न भए पछि यस क्षेत्रका जनतालाई निक्कै राहतको महशुस भएको छ भन्दै समाजसेवी भोजराज गुरुङले भन्नुभयो,’यो भन्दा अगाडि पानीको जोहो गर्न नै दिन वित्ने गरेको थियो ‘ ।
वालिङ नगरपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख र गत आर्थिक बर्षमा रु सात लाख रकम विनियोजन गरेको थियो । स्थानीयवासीले करीब रु दुई लाख बराबरको जनश्रमदान गरी खानेपानी आयोजना निर्माण गरेको वडासदस्य इन्द्रबहादुर गुरुङले बताउनुभयो ।

समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…