स्याङ्जामा कपाल काट्ने पेशामा युवालाई आर्कषण गर्नका लागि तालिम ।


आँधीखोला खवर / स्याङ्जा :
कपाल काट्नकै लागि धेरै नेपाली रुपैँया भारततर्फ गईरहेका बेला स्याङ्जाकै युवाहरुलाई कपाल काट्ने पेशामा आकर्षित गरी पैसा यही खपत गर्ने उद्देश्यले स्याङ्जामा युवाहरुलाई कपाल काट्ने तालिम प्रदान गरिएको छ । जिल्लाका युवाहरुमा कपाल काट्ने पेशातर्फ आर्कषण नभएको अवस्थामा यो तालिमले केहि आर्कषण थप्ने विश्वास लिईएको छ ।
“युवा स्वरोजगार आर्थिक समृद्धिको मुल आधार” भन्ने मुल नाराका साथ एक महिने जेन्स हेयर कटिङ् तालिमको सुरुवात गरिएको हो । पुतलिबजार नगरपालिका र घरेलु तथा साना उद्योग बिकास समिति साखा कार्यालयले तालिमको आयोजना गरेको हो । कार्यक्रममा पुतलिबजार नगर प्रमुख सिमा कुमारी क्षेत्रीले एक युवा एक सिप मार्फत स्वरोजगार श्रृजना गरी आत्म निर्भर बनाउने लक्ष्य अनुसार तालिमको आयोजना गरिएको बताउनुभयो । विदेश पलायनलाई रोक्नका लागि यस्ता सिपमुलक तालिमले धेरै टेवा पुग्ने प्रमुख क्षेत्रीको भनाई छ ।
साथै प्रमुख क्षेत्रीले मेयर सगँ रोजगार शिर्षकबाट पेशा व्यवसायको लागि अनुदानमा आर्थिक सहयोग उपलब्ध गराउने समेत बताउनुभयो । सीपको सदुपयोग गरी ब्यवसाय शुरु गर्न अनुदानमा १० लाख सम्म रकम दिन सकिने प्रमुख क्षेत्रको भनाई छ । कार्यक्रममा वडा अध्यक्ष निर्मल कुमार शेरचनले तालिम निकै फलदायी रहने बताउनुभयो । २० जनाको सहभागीता रहेको तालिममा हेमन्त गुरुङ्ले सहजिकरण गर्नुहुने छ । घरेलुका प्रमुख कृष्ण प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अशोक शर्माले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…