गुठी विधेयक खारेजीको माग गर्दै विश्व हिन्दु महासंघ,स्याङ्जाले वुझायो ज्ञापनपत्र ।

आँधीखोला खवर / स्याङ्जा :
धर्म, संस्कृतीमा माथि प्रहार गर्ने गुठी बिधेयक फिर्ता गर्नु पर्ने माग गर्दै स्याङ्जामा पनि विश्व हिन्दु महासंघ नेपाल जिल्ला कार्य समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । बर्षौंदेखि आ—आफना कला, संस्कृती, धर्म, रहन—सहनको संरक्षण गर्दै आएका नेपालीका लागि गुठी बिधेयक उपयुक्त नभएको भन्दै सो बिधयक फिर्ता मात्रै होईन खारेजीको नै माग गरेको जनाएको छ ।

विश्व हिन्दु महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेको नेतृत्वमा गएको टोलीले प्रजिअ कोशहरि निरौलालाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा आफनै स्वाभाव, प्रकृती, कला , धर्म, संस्कार, राष्ट्रको पहिचान मुलक इतिहासलाई संरक्षण, प्रवद्र्धन एवं हस्तान्तरीय पद्धतीलाई अगाडि बढाउने प्रक्रियालाई गुठी सम्बन्धी बिधेयकले भताभुंग पार्ने उल्लेख छ । संसदमा दर्ता भएको बिधेयकले राष्ट्र, राष्ट्रियता, अखण्डता, सार्वभौमिकता तथा नेपालीको स्वाभिमान मेटाउनुका साथै आच आउने काम गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

संस्कृतिको संरक्षण गर्ने एक मात्र हिन्दु महासंघ रहेको बताउदै हरेक धार्मिक संस्कृतिको संरक्षण गर्नका लागि गुठीलाई प्रााधिकरणमा ल्याउन नहुने बताइएको छ । ज्ञापनपत्र वुझाउदै महासंघका केन्द्रीय सदस्य नेत्र प्रसाद पराजुलीले गुठी विधेयक जस्ताको तस्तै पास भएमा नेपालको धर्म र संस्कृति माथि गम्भिर आघात पुग्ने बताउनु भयो । ज्ञापनपत्र वुझ्दै प्रजिअ निरौलाले ज्ञापनपत्र जस्ताको तस्तै प्रधानमन्त्री कार्यालयमा पठाईने जानकारी दिनुभयो ।

हेर्नुहोस् भिडियो :

Facebook Comments Box
TOP