सुनको मूल्यमा नयाँ रेकर्ड ।
काठमाडौँ — सिजनकै मुखमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । सुनचाँदी व्यवसायी महासंघले बिहीबार प्रतितोला सुनको मूल्य ६४ हजार निर्धारण गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

‘अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔस ३६ अमेरिकी डलरले बढेको छ । बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार ६४ हजार निर्धारण गरेका छौँ,’ महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले भने, ‘यो मूल्य अहिलेसम्मकै रेकर्ड हो ।’
महासंघका अनुसार बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस १३४४ डलरमा कारोबार भएको थियो । बिहीबार बढेर १३ सय ८० डलर पुगेको छ । जानकारका अनुसार चीन र अमेरिकाको व्यापार युद्धले सुन बजारमा प्रभावित भएको छ । इरान र अमेरिकाबीच भएको तनावले पनि लगानीकर्ताहरू सुरक्षित स्थान खोज्न थालेका छन् । जसले गर्दा भाउ बढेको महासंघको दाबी छ ।
‘अमेरिकाले हिजो मात्रै १ हजार सेना पठाउने निर्णय गर्यो । त्यसले लगानीकर्तामा तनाव सिर्जना भएको छ । ठूला लगानीकर्ताहरूले सम्पत्ति सुरक्षित गर्न सुनमा लगानी गर्न थाले,’ पूर्व अध्यक्ष शाक्यले भने, ‘सुनको माग बढेपछि मूल्य ऐतिहासिक रूपमा बढेको हो ।’
यसअघि २०७० भदौ १२ गते सुनको भाउ तोलामै ऐतिहासिक ३ हजार ४ सय रुपैयाँले बढेर मूल्य ६३ हजार ३ सय पुगेको थियो । मूल्य घटबढ हुँदै २०७५ फागुन ८ गते पुन: ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । अहिले भने रेकर्ड नै भएको महासंघले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


