बाख्रा पालन तालिम सगै कृषकहरुलाई बाख्रा वितरण ।

चुत्र बहादुर महत / भीरकोट :
गरिवसंग विशेश्वर कार्यक्रम अन्र्तगत समुह सदस्यहरुलाई ३ दिने बाख्रा पालन तालिम भीरकोट नगरपालिका ४ मा सम्पन्न भएको छ । तालिमको समापन गर्दै भीरकोट नगरप्रमुख छायाराम खनालले सिपमुलक तालिमले सहभागिहरुलाई उद्यमशीलतर्फ अगाडि बढाउन मद्दत गर्ने बताउनुभयो । साथै प्रमुख खनालले नगरपालिकाका जनतालाई उद्यमी बनाउँदै आर्थिक रुपमा सक्षम बनाउन सहयोग गर्ने बताउनुभयो । सहभागी मतिलाल काफ्लेले आफ्नो अनुभव सुनाउनु भएको थियो ।

सहभागी श्रृतु सुनार विकको स्वागतसंगै शुरु भएको कार्यक्रम वडा अध्यक्ष चन्द्रबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सामाजिक परिचालिका ईन्दु रेग्मीले गर्नुभएको थियो ।
तालिममा पशु सेवा प्राविधिक तुल्सीराम काफ्लेले सहजीकरण गर्नुभएको थियो । साथै तालिममा सहभागि मध्ये ७ जनालाई बाख्रा वितरण गरिएको छ भने बाँकीलाई केहि समय पछि वितरण गरिनेछ । एक लाख बराबरको रकमबाट तालिममा सहभागिहरुलाई बाख्रा वितरण गरिने भएको हो । वितरण गरिएको बाख्राको विमा अनिवार्य गर्नुपर्ने, खोप, जुकाको औषधी, भिटामिन खुवाउनपर्ने र व्यवस्थित खोर बनाई आर्थिक रुपमा सक्षम बन्न मद्दत पुग्नेछ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


