प्रकृया पुरा गरेर गाँउसभा गर्ने जिल्लाकै पहिलो गाँउपालिका बनेको छ, कालिगण्डकी गाँउपालिका ।

आधिखोला खवर / स्याङजा
असार दशलाई देशभरका अधिकांश स्थानिय तहहरुले पालिकासभा गर्ने दिन भनेर बुझिन्छ । स्थानिय तहहरुमध्ये कहिँ पालिका सभा गरेका छन त कति स्थानिय तहहरुले विभिन्न विवादका कारण सुरुवात पनि गर्न सकेका छैनन तर स्याङ्गजाको कालिगण्डकी गाँउपालिकाले भने आफ्नो उत्कृष्टता आर्थिक वर्ष २०७६÷०७७ को बजेट मार्फत प्रस्तुत गरेको छ । गाँउपालिकाले असार ९ गते नै गाँउसभा सम्पन्न गरेको हो ।

देशभरका अधिकांश स्थानिय तहहरुले निति नियम विपरित गाउँसभा गरेको पाइएको छ । कतिपए ठाँउमा नगर प्रमुख पप्रमुखर गाँउपालिका अध्यक्ष उपाध्यक्षको विवादका कारण सभाको प्रकृया समेत सुरु हुन नसकेको अवस्थामा कानुनतः सम्पुर्ण प्रकृया पुरा गरेर गाँउसभा गर्ने पहिलो गाँउपालिका बनेको छ कालिगण्डकी गाँउपालिका ।
गाँउसभा मात्रै नभई सम्पुर्ण काम नै विधि र विधान सम्मत गर्ने पालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश खनाल रहेको वडाध्यक्षहरु बताउनुहुन्छ ।
प्रमुख प्रशासकिय अधिकृत प्रशासनिक ब्यक्ती हुने र कानुनी कुरामा उ नै अब्बल हुपर्ने साथै जिल्लामै उत्कृष्ट प्रमुख प्रशासकिय अधिकृत कालिगण्डकी गाँउपालिकामा रहेको दावि समेत गर्नुहुन्छ । यता पालिका अध्यक्ष पनि संस्थानको पुर्व अध्यक्ष भएको कारण काममा सहजता देखिएको स्थानियहरु बताउछन ।
जिल्लाकोे सुदुर दक्षिण पश्चिम भेगमा रहेको यो गाँउपालिकामा आर्थिक वर्ष २०७६÷०७७ का लागि चालुतर्फ २२ करोड ५१ लाख ८३ हजार ९५५ प्रतिशत र पुँजीगत तर्फ १८ करोड ५७ लाख १४ हजार ८ सय ८२ रकम ९४५ प्रतिशत गरी कुल ४१ करोड ८ लाख ९७ हजार ८ सय २२ रकम बराबरको कार्यक्रम प्रस्तुत गरिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पालिकाले पुर्वाधार विकास, कृर्षि, स्वास्थ्य, शिक्षा, रोजगार र पर्यटनलाई विषेश महत्वका साथ हेरेको छ भने आर्थिक वर्ष २०७६÷०७७ लाई शुन्य बेरुजु वर्ष बनाउने समेत लक्ष्य समेत रहेको छ ।’’
विकट भुभाग रहेको कालिगण्डकी गाँउपालिकाको समानुपातिक विकासमा आफुहरु लागिपरेको गाँउपालिका अध्यक्ष खिम थापाले बताउनुभयो । गाँउपालिकामा सात वटा वडाहरु रहेका छन ।

Facebook Comments Box
TOP