गल्याङमा गणित विषयको अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

टिकाराम अधिकारी/ गल्याङ :
गल्याङ नगरपालिकाको शैक्षिक व्यवस्थापनमा टेवा पुर्याउने उद्देश्यका साथ नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गणित विषयका शिक्षकहरुका लागि ए आई एम म्याथ सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले समाज परिर्वतन गर्नका लागि शिक्षकको महत्वपूर्ण भूमिका हुने भन्दै समाजलाई सहि मार्गमा अगाडि वढाउन शिक्षकहरुले विशेष योगदान दिनुपर्ने धारणा राख्नुभयो । उहाँले विद्यार्थीहरुलाई गणित विषय दुःख हुन्छ भन्दा पनि नियम र सुत्र अनुसार उसको मनोभावनालाई बुझेर शिक्षण गर्नु पर्नेमा जोड दिनुभयो । प्रमुख अधिकारीले भन्नु भयो हामी शिक्षक उदाहरणीय बनेर आफू विद्यार्थी र समाजलाई परिर्वतन गर्न सक्नु पर्ने हुन्छ । वर्षाै सम्म विद्यार्थीलाई पढाएको अनुभव संगालेका प्रमुख अभिकारीले थप्नुभयो शिक्षकले आफ्नो दायित्व सम्झेर विद्यार्थीलाई उचित ज्ञान दिनु पर्ने हुन्छ ।

गल्याङ नगरपालिका भित्रका ५० विद्यालयका गणित शिक्षकहरुको सहभागिता रहेको तालिममा विश्वमणि अधिकारी र दिपक अधिकारीले सहजिकरण गर्नु भएको थियो ।
गणित शिक्षकहरुको भेलाले लेखनाथ चापागाईको अध्यक्षतामा गल्याङ नगरपालिका स्तरीय गणित शिक्षक समिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा तुलसा भण्डारी, सचिव लिलाबल्लभ अर्याल,कोषाध्यक्ष खेमराज अधिकारी, सदस्यहरुमा शिव न्यौपाने, सुरेस सुबेदी, भूपराज भूषाल, टुका कुमारी उपाध्याय,शिव भण्डारी, झलक नारायण रेग्मी, भिम प्रसाद भण्डारी, ओम प्रकाश अर्याल रहनु भएको छ ।
गल्याङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव केदारराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत भानुभक्त आचार्य माविका पूर्व स्रोतव्यक्ति लेखनाथ चापागाईले र सञ्चालन नगर शिक्षा समिति सदस्य राजेन्द्र देव खनालले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


