गल्याङ नगरपालिकाको बजेट सार्वजनिक ।

नारायण विश्वकर्मा / गल्याङ :
स्याङजाको गल्याङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६ –०७७ का लागि ५५ करोड ३७ लाख ५० हजार रुपैँयाको बजेट सार्वजनिक गरेको छ ।
मंगलवार पाचौं नगरसभामा उपप्रमुख देवि थापा मगरले नीति तथा बजेट प्रस्तुत गर्नुहुदै आर्थिक बर्षको लागि ५५ करोड ३७ लाख ५० हजार रुपैँयाको बजेट प्रस्तुत गर्नुभएको हो ।
बजेटमा नेपाल सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानबाट १२ करोड ७१ लाख रुपैयाँ, राजश्व बाँडफाँटबाट ९ करोड ५९ लाख र सर्शत अनुदाबाट २३ करोड ९० लाख रुपैँयाको बजेट ल्याइएको छ ।
उपप्रमुख देवि थापा मगरले राजश्व बाँडफाँट रोयल्टीबाट २ करोड ९० लाख, प्रदेश सरकार अनुदानबाट १ करोड २५ लाख ९१ हजार, राजश्व बाँडफाँटबाट ४६ लाख ५९ हजार, प्रदेश शर्सत अनुदानबाट १ करोड साथै आन्तरिक राजस्व आम्दानी २ करोड, आन्तरिक क्रण १ करोड २० लाख, सडक बोर्ड नेपालबाट रु ३५ लाख रुपैँया बजेट प्रस्ताव गर्नुभयो ।
यसैगरि बजेटमा पूर्वाधार विकासतर्फ ८ करोड, ३१ लाख, ९१ हजार रुपैँया विनियोजन गरिएको उपप्रमुख थापाले बताउनुभयो ।
यस्तै नगरको आर्थिक विकासतर्फ ४ करोड, सामाजिक विकासतर्फ ४ करोड, ८२ लाख, ५० हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ५० लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चको लागि १२ करोड ८३ लाख ९ हजार रुपैँया छुट्याएको छ ।
यस्तै संघिय संरकारको शर्सत अनुदान अन्तरगत विनियोजित बजेट २३ करोड ९० लाख र प्रदेश सरकारबाट सर्शत अनुदानको १ करोड, सडक मर्मत, खानेपानी तथा सरसफाई, गरिबसंग विश्वेश्वर, सामाजिक सुरक्षाभत्ता , प्रधानमन्त्री रोजगार कार्यक्रममा खर्च गरिने
उपप्रमुख थापाले बताउनुभयो ।
त्यसैगरी गल्याङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारीले आर्थिक वर्ष २०७६ –०७७ नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै बजेट पारदर्शी ढङ्गबाट प्रस्तुत गरिएको बताउदै विनियोजित भएका रकमलाई दुरुपयोग नगर्न आग्रह गर्नुभयो ।

Facebook Comments Box
TOP