गल्याङमा उद्घोषण तालिम सम्पन्न ।
नारायण विश्वकर्मा / गल्याङ :
जनजागृति महिला समूहले गरेको उद्घोषण तालिम सकिएको छ । स्याङ्जाको गल्याङ नगरपालिका ३, वल्पुकमा उद्घोषण तालिमको आयोजना गरिएको हो ।
तालिमको समापन कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख देविसरा थापाले महिलाहरु अझै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुको क्षमता विकासका लागि गल्याङ नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
उपप्रमुख थापाले महिलाहरुले आफ्नो क्षमता विकासका लागि योजना ल्याउन आग्रह गर्दै त्यस्ता माग तथा योजना कार्यन्वयन गर्न आफु प्रतिबद्व रहेको बताउनुभयो ।
उहाँले गल्याङ नगरपालिकाले महिलाको क्षमता विकासका लागि बजेट छुटट्याएको जानकारी दिदै यस्ता तालिमले क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष महेश भट्टराईले समय सान्दर्भिक कार्यक्रम ल्याएको भन्दै महिला समूहलाई धन्यवाद दिनुभयो ।
उहाँले बोली र इमान्दारिताले मानिसलाई सहि रुपमा अगाडी बढाउने भन्दै सिकेका कुरालाई पालना गर्न आग्रह गर्नुभयो । अध्यक्ष भट्टराईले सबै मिलेर अहिले धेरै परिवर्तन आएको भन्दै परिवर्तनलाई संस्थागत गर्न महिलाहरु अझै सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा समाजसेवी भूपति न्यौपानेले छोटो तालिमले पनि महिलाहरुमा बोल्ने क्षमता विकास भएको देख्दा आफुलाई निकै खुशी लागेको बताउनुभयो ।
तालिमका प्रमुख प्रशिक्षक गल्याङ एफएमका स्टेशन म्यानेजर केपी खनालले छोटो समयमा धेरै कुराहरु सिकाउन नसके पनि थप अभ्यास गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
प्रशिक्षक गल्याङ एफएमका कार्यक्रम संयोजक ऋतुराज मोहनले प्रशिक्षार्थीहरुमा आएको परिवर्तनले आफुमा खुशी ल्याएको बताउनुभयो ।
कार्यक्रममा तालिमको अनुभव मन्तव्य राख्दै महिला समूहकी पूर्व अध्यक्ष कला बस्यालले प्रशिक्षण निकै प्रभावकारी बनेको बताउनुभयो । उहाँले यस्तै तालिमहरु आगामी दिनमा पनि ल्याउन आग्रह गर्नुभयो ।
यस्तै सहभागीहरुका तर्फबाट अनु बस्यालले यस भन्दा अघि आफुहरुमा अगाडि आएर परिचय दिने अवस्था समेत नभएको अवस्थामा अहिले मञ्चमा बोल्न सक्ने अवस्था आएको बताउनुभयो । रिमा बस्याले अझै लामो समय यस्ता खालको तालिम लिन सकेमा आफुहरुको बोल्ने क्षमतामा अझै विकास हुने बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएकी जनजागृति महिला समूहकी अध्यक्ष तिलकुमारी भण्डारीले तालिम निकै उपयोगी भएको बताउनुभयो । कार्यक्रम सञ्चालन गर्नुभएकी समूहकी सचिव विष्णुमाया भूषालले तालिमले महिलाहरुमा आत्मविश्वास बढाउने काम गरेको बताउनुभयो ।
सहभागीहरुलाई स्वागत मन्तव्य दिनुभएकी समूहकी सदस्य मनिशा भण्डारीले तालिमले आफुहरुमा ठूलो परिवर्तन ल्याउन सफल भएको बताउनुभयो ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…