उत्पादन बढाउन कृषकले आधुनिक प्रविधि अपनाउनु अनिवार्य – नगरप्रमुख अधिकारी ।
टिकाराम अधिकारी / गल्याङ :
स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ६ पिढीखोलामा अदुवा खेती सम्बन्धी तालिम सम्पन्न भएको छ ।
गल्याङ नगरपालिकाको आयोजनामा सञ्चालन भएको तालिममा नरोदय माध्यमिक विद्यालयका बाली विज्ञानमा अध्ययनरत विद्यार्थी र वडाका अदुवादेती कृषक गरि ३५ जनाको सहभागिता थियो ।
तालिममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले अदुवा खेतीको माध्यमबाट कृषकहरुलाई आत्मनिर्भर बनाउने बताउदै पिढीखोलालाई कृषीको नमुना गाउँ बनाउने बताउनुभयो ।
उहाँले उत्पादन बढाउन कृषकले आधुनिक प्रविधि अपनाउनु पर्ने सुझाव दिदै कृषकको लागि नगरपालिकाले विविध आयमुलक योजनाहरु ल्याएको बताउनुभयो ।
तालिममा गल्याङ नगरपालिकाका बालि विकास अधिकृत अरविन्द मणि त्रिपाठीले अदुवा खेती लगाउने तरिका, यसको व्यवस्थापन, अदुवा लाग्ने रोगको नियन्त्रण लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
तालिममा वडा नम्बर ६ का वडाअध्यक्ष टिकाराम भुषालले अदुवा खेती गर्न चाहने कृषकका लागि वडाले सहयोग गर्ने बताउनुभयो ।
वडाअध्यक्ष टिकाराम भुषालको सभापतित्वमा भएको तालिमको सञ्चालन वडा सचिव क्ुल बहादुर बरालले गर्नुभएको थियो ।
यस्तै गल्याङ नगरपालिका वडा नम्बर ६ पिढीखोलामा गोरेटो बाटो मर्मत गरिएको छ ।
पिढीखोला स्वास्थ्य चौकी देखि प्रहरी चौकी सम्म आवजावत हुने गोरेटो बाटो मर्मत गरिएको हो ।
गल्याङ नगरपालिकाको रु २० हजार, स्थानिय प्रगतिशिल आमा समुह र सृजनशील युवा क्लबको एक लाख १० हजारको लागतमा बाटो निर्माण गरिएको स्थानिय यमलाल पाण्डेले जानकारी
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


