पत्रकार महासंघ स्याङ्जाले वुझायो ज्ञापन पत्र सहित हस्ताक्षर ।

FNJ-Syangja-gyapanpatra

आँधीखोला खवर/स्याङ्जा :
नेपाल पत्रकार महासंघ स्याङ्जाले प्रधामन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र सहित हस्ताक्षर पठाएको छ । महासंघका अध्यक्ष ओम प्रकाश शर्मा सहितको क्रिायाशिल पत्रकारहरुको टोलीले प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला मार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर पठाएको हो । पत्रकार महासंघको तेस्रो चरणको आन्दोलन अन्र्तगत असार ३ गतेबाट संकलन गरिएको हस्ताक्षर आइतबार प्रधानमन्त्रीलाई पठाएको हो ।

संसदमा दर्ता भएको मिडीया काउन्सिल बिधेयकका केहि प्राबधान हटाउन प्रधामन्त्री तथा सभामुखलाई दबाब दिने उदेश्ले हस्ताक्षर सहित ज्ञापन पत्र पठाएइएको अध्यक्ष शर्माले बताउनुभयो । ज्ञापन पत्रमा संविधानद्धारा प्रदत्त प्रेस तथा अभिब्याक्ती स्वतन्त्रता कुन्ठित हुने गरी बिधेयक प्रस्तुत भएकाले सरोकारवालासगँ परामर्श गरी बिधिेकय पारित गर्न आग्रह गरिएको छ । ज्ञापन पत्र तथा हस्ताक्षर बुझ्दै प्रजिअ निरौलाले तत्कालै सम्बन्धित निकायमा पठाउने बताउनु भएको थियो ।

Facebook Comments Box
TOP