पत्रकार महासंघ कतारको साँस्कृतिक कार्यक्रमको तयारी पुरा ।

आँधीखोला खवर/ दोहा :
पत्रकार महासंघ कतार शाखाले आयोजन गर्न लागेको मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । महासंघ कतारको छलफलका क्रममा करिब करिब कार्यक्रमको तयारी पुरा भएको अध्यक्ष करिम बक्स मियाँले जानकारी दिनुभयो ।
छलफलकै क्रममा मियाँले कलाकार सोताङ र प्रशिक्षक पोख्रेल आगमी ११ जुनमा कतार आउने पक्का भएको जानकारी दिनुभयो । साथै उहाँले कतारमा बिशेषत सामाजिक गतिवीधि र समाजसँंग जोडिएका बिषयहरुमा अन्तरक्रिया तथा खबरदारी कार्यक्रमहरु गर्दै आईरहेको कतार शाखाले साँगितीक कार्यक्रममा पहिलो पटक गर्न लागेको जनाएको छ । महासंघले आगामी १४ जुनका दिन कतारको सनैया स्थीत अल डल्ला ड्राईभिङ सेन्टरको सभाहलमा उपस्थीत भइ कार्यक्रमलाई भव्य रुपमा सफल पारिदिन आग्रह समेत गरेको छ ।
नेपाल पत्रकार महासंघले साmे दिन दुई किसीमको कार्यक्रम गर्ने तय गरेको छ । जसमा महासंघले पहिलो कार्यक्रम “सुचना प्रवाह, व्यबस्थापन तालिम तथा सचेतना कार्यक्रम” स्थानीय समयअनुसार तोकिएको स्थानमा बिहान ठिक १० बजे बाट सुरु गर्ने छ भने, तालिम पश्चात सहभागीहरुलाई एक दिने पत्रकारिता तालीम प्रमाण पत्र वितरण गर्ने छ भने उक्त कार्यक्रमका लागी टिकट शुल्क कतारी रियाल ५० निर्धारण गरिएको छ ।
यसै गरि प्रशिक्षण कार्यक्रम पश्चात सोहि हलमा “उदयमनिला सोताङ युगल साँस्कृतिक साँझ २०७६” दिनको ३ बजे बाट सुरु हुने छ ।
जसमा पारिवारिक तर्फ २०० बढीमा ३ जना , प्रथम तर्फ १००, मध्यम तर्फ ५० गरि तिन प्रकारका टिकट रहेका छन । कार्यक्रमलाई नेपाली कला केन्द्र कतार, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक बाचनालय कतारले सह–आयोजक भुमिका निर्वाह गरिरहेको आयोजकले जनाएको छ ।
समाचार
थप सामाग्री-
एमालेका थापाको संकल्प पत्र : सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा
-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
४ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषिमा मूल्य श्रंखला, कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजनामा…


