पत्रकार महासंघ कतारको साँस्कृतिक कार्यक्रमको तयारी पुरा ।


आँधीखोला खवर/ दोहा :
पत्रकार महासंघ कतार शाखाले आयोजन गर्न लागेको मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । महासंघ कतारको छलफलका क्रममा करिब करिब कार्यक्रमको तयारी पुरा भएको अध्यक्ष करिम बक्स मियाँले जानकारी दिनुभयो ।
छलफलकै क्रममा मियाँले कलाकार सोताङ र प्रशिक्षक पोख्रेल आगमी ११ जुनमा कतार आउने पक्का भएको जानकारी दिनुभयो । साथै उहाँले कतारमा बिशेषत सामाजिक गतिवीधि र समाजसँंग जोडिएका बिषयहरुमा अन्तरक्रिया तथा खबरदारी कार्यक्रमहरु गर्दै आईरहेको कतार शाखाले साँगितीक कार्यक्रममा पहिलो पटक गर्न लागेको जनाएको छ । महासंघले आगामी १४ जुनका दिन कतारको सनैया स्थीत अल डल्ला ड्राईभिङ सेन्टरको सभाहलमा उपस्थीत भइ कार्यक्रमलाई भव्य रुपमा सफल पारिदिन आग्रह समेत गरेको छ ।
नेपाल पत्रकार महासंघले साmे दिन दुई किसीमको कार्यक्रम गर्ने तय गरेको छ । जसमा महासंघले पहिलो कार्यक्रम “सुचना प्रवाह, व्यबस्थापन तालिम तथा सचेतना कार्यक्रम” स्थानीय समयअनुसार तोकिएको स्थानमा बिहान ठिक १० बजे बाट सुरु गर्ने छ भने, तालिम पश्चात सहभागीहरुलाई एक दिने पत्रकारिता तालीम प्रमाण पत्र वितरण गर्ने छ भने उक्त कार्यक्रमका लागी टिकट शुल्क कतारी रियाल ५० निर्धारण गरिएको छ ।
यसै गरि प्रशिक्षण कार्यक्रम पश्चात सोहि हलमा “उदयमनिला सोताङ युगल साँस्कृतिक साँझ २०७६” दिनको ३ बजे बाट सुरु हुने छ ।
जसमा पारिवारिक तर्फ २०० बढीमा ३ जना , प्रथम तर्फ १००, मध्यम तर्फ ५० गरि तिन प्रकारका टिकट रहेका छन । कार्यक्रमलाई नेपाली कला केन्द्र कतार, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक बाचनालय कतारले सह–आयोजक भुमिका निर्वाह गरिरहेको आयोजकले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…