इन्फान्टिनो पुनः फिफाको अध्यक्ष, नेपाली टोपी शिरमा ढल्काए

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्षमा जियानी इन्फान्टिनो फेरि पनि निर्वाचित भएका छन् । उनी दोस्रो पटक फिफाको अध्यक्षमा निर्वाचित भएका हुन् । इन्फान्टिनो सन् २०२३ सम्मका लागि निर्वाचित भएका हुन् । फ्रान्सको पेरिसमा बसेको फिफाको ६९ औँ वार्षिक साधारण सभाले इन्फान्टिनोलाई दोस्रो पटक नेतृत्वका लागि निर्विरोध निर्वाचित गरेको हो ।
४९ वर्षीय इन्फान्टिनोले सेप ब्लाटर भ्रष्टाचार मुद्धामा निलम्बनमा परेपछि नेतृत्व पाएका थिए । उनले सन् २०२६ को विश्वकपबाट सहभागी देशको संख्या बढाएर ३२ टिमबाट ४८ पुर्याएका छन् ।
लगाए नेपाली ढाका टोपी
इन्फान्टिनोलाई नेपाली प्रतिनिधिहरुले शिरमा ढाका टोपी लगाइदिएका छन् । ढाका टोपी उनलाई निकै सुहाएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले उनलाई टोपी लगाइदिएका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


