विश्व वातावरण दिवस पारेर स्याङ्जामा वृक्षारोपण ।

नारायण विश्वकर्मा/ स्याङ्जा :
विश्व वातावरण दिवसको अवसरमा स्याङ्जाका विभिन्न स्थानमा वृक्षारोपण गरिएको छ । “स्वच्छ वायु स्वस्थ जीवन“ भन्ने मुल नारा सहित एक नागरिक एक फलफूल विरूवा रोपण अभियानलाई सार्थकता दिन जिल्लाका नौ स्थानमा एक सय ७० वटा विभिन्न प्रजातिका विरुवा रोपिएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले बातावरण स्वस्थ रहे मानवीय जीवन स्वस्थ रहने भन्दै विरुवा रोपण गरिएको बताउनुभयो । “विश्वमा मानवका गलत गतिविधिका कारण जलवायु परिवर्तनमा अत्यन्तै ठुलो असर गरेको छ ।” उहाँले भन्नुभयो,–“जलवायुमा भएको परिवर्तनले मानवीय जीवनलाई प्रत्यक्ष असर गर्छ, हराभरा वातावरणले जलवायुपरिवर्तन अनकुल राख्न सहयोग गर्छ त्यसैले वातावरण संरक्षण गर्नु मानविय कर्तव्य हो ।”

यी स्थानमा रोपिए विरुवा :
प्रहरी उपरीक्षक लम्सालले जिल्ला प्रहरी कार्यालय परिसमा ४७ वटा र वडा प्रहरी कार्यालय वालिङमा ४५ वटा कपुर र तेजपत्ता रोपण गरिएको बताउनु भयो । त्यस्तै ईलाका प्रहरी कार्यालय चिसापानीमा १० वटा तेजपत्ता, निवुवा, नास्पती, अम्वा, ईलाका प्रहरी कार्यलय रत्नपुरमा छ वटा लिच्चि र आँप, ईलाका प्रहरी कार्यलय जयपतेमा नौ ओटा आँप र लिचि, प्रहरी चौकी पञ्चमुलमा छ वटा तेजपत्ता र कपुर, प्रहरी चौकी विर्घामा सात वटा तेजपत्ता र कपुर, प्रहरी चौकी दहथुममा १५ वटा तेजपत्ता र कपुर, प्रहरी चौकी गल्याङमा २५ वटा तेजपत्ता र कपुर रोपिएको छ । लम्सालले दिवस वाहेक अन्य दिनमा पनि जिल्लामा वहुउपयोगी विरुवा रोपण गर्ने र हुर्काउने अभियानलाई निरन्तरता दिने बताउनु भयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


