ईद उल फितरको अवसरमा स्याङ्जामा इद मिलन तथा शुभकामना आदान-प्रदान ।
भवानी अधिकारी / स्याङ्जा :
नेपाल मुस्लिम संघ क्षेत्रीय समिति १ ले इस्लाम धर्मालम्बीहरुको महान पर्व ईद उल फितरको अवसरमा इद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रमको उदघाटन गर्दै संबिधानसभा सदस्य एवं युवा नेता राजु थापाले सरकारले मुलुकमा बिभिन्न जातजाती, धर्म, संस्कृती, परम्परा र उनीहरुका रितीरिवाजलाई समाप्त पार्न बिधेयक ल्याएको बताउदै तत्काल फिर्ता लिन आग्रह गर्नुभएको छ ।
सबै धर्म, संस्कृती र पहिचानमा सद्भाव कायम गर्दै अघि बढेका नेपाली समुदायमा जातीय सदभाव खलबलाउने प्रयास भएता पनि अन्ततः संबिधानले सबैलाई समान बनाएको स्मरण गराउदै सदस्य थापाले सबै धर्म र संस्कृती जोगाउनका निम्ति गुठी बिधेयक फिर्ता लिनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
दुई बर्षे कार्यकाल पुरा गरेको सरकारले गतिलो काम गर्न सकेको छैंन । काण्डै काण्ड मच्चाउदा पनि अझै सच्चीन नसकेको उहाको आरोप छ । संबैधानिक अधिकार वाक र प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउन सरकारले मिडिया काउन्सिल बिधेयक ल्याएर काण्डै काण्डका पर्दाफास गर्ने पत्रकारका हात र मुख बन्द गराउन खोजेको दावी गर्नुभयो ।
शुभकामना आदानप्रदानमा नेपाल मुस्लिम संघ गण्डकी प्रदेश सभापति शाह मोहमद, वीपी प्रतिष्ठानका अध्यक्ष जीवलाल काफले, उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष नवराज सुवेदी, हाजी नसिबद्धिन मिया, मुस्लिम संघका पूर्व केन्द्रीय सचिव मुन्ना शेख, महिला संघका सचिव बन्दना लम्साल, नेपाल बिद्यार्थी संघका अध्यक्ष अजित क्षेत्री, वडा सदस्य बिष्णुकुमार श्रेष्ठ, मुस्लिम संघ महिला सदस्य साहिरा मिया लगायतले राज्यले मुस्लिम लगायत सबै धर्म संस्कृति प्रति समान धारणा र ब्यवहार गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष मुवारक मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव उपाध्यक्ष महमद इकवाल मियाले स्वागत एवं सचिव महमद करिमले संचालन गर्नुभएको थियो । शुभकामना आदानप्रदानमा मुस्लिम परिकार सेवेइ र जुस खुवाइएको थियो भने सो कार्यक्रममा बिभिन्न धर्म र सम्प्रदायमा आस्थावान ब्यक्तिहरुको सहभागिता थियो ।
यसैबीच, सोही कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी परित्यागगरी पुतलीबजार नगरपालिका भित्रका ३० जना कांग्रेसमा प्रवेश गर्नुभएको थियो । नवप्रवेशी सबैलाई संबिधानसभा सदस्य राजु थापाले स्वागत गर्दै सदस्यता प्रदान गर्नुभएको छ ।
समाचार
थप सामाग्रीस्याङ्जा चापाकोटमा सकेट बिस्फोट ,एक घाइते
३ हप्ता अगाडि
गोपिकृष्ण रेग्मी/चापाकोट : स्याङ्जाको चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउमा सकेट बम विस्फोट हुँदा एक जना घाइते भएका छ्न । चापाकोट नगरपालिका…