स्याङ्जामा भूकम्प पीडितहरुको गुनासो ब्यवस्थापन तथा पुनरावेदन सम्बन्धी अन्तरक्रिया ।

भवानी अधिकारी/स्याङजा :
भूकम्प पीडितहरुका गुनासो ब्यवस्थापन तथा पुनरावेदन कार्यबिधी सम्बन्धी स्याङ्जामा जिल्ला स्तरीय अभिमूखीकरण तथा अन्तरक्रिया गरिएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण काठमाण्डौंको आयोजना तथा जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार स्याङ्जाको संयोजनमा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले भूकम्प पीडितका समस्या दिनप्रतिदिन थपिदै गएको बताउदै काम कारवाहीमा सरलीकृत गर्दै भूकम्प प्रतिरोधी घर बनाउने वातावरण बनाउन सरोकारवालाले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो भने राष्ट्रिय पुननिर्माण केन्द्रीय आयोजनाका उपसचिव शंकरहरी आचार्यले गुनासो एवं पुनरावेदन कार्यबिधीका बारेमा जानकारी गराउनुभएको थियो ।

राष्ट्रिय पुननिर्माण केन्द्रीय आयोजना कार्यान्वय इकाई भवन कास्की प्रमुख उमेशकुमार चौधरी, जिल्ला आयोजना कार्यान्वय इकाई शिक्षा प्रमुख गोबिन्दराज पाखे्रल, आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार स्याङ्जा प्रमुख प्रविण ढकालले आ आफना क्षेत्रगत प्रगती, चुनौतीका बारेमा जानकारी गराउनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा पुतलीबजार नगर प्रमुख सीमा क्षेत्री, गल्याङ् नगरप्रमुख भूपराज अधिकारी, आधीखोला गाउपालिका अध्यक्ष सुधिरकुमार पौडेल, कालीगण्डकी गाउपालिका अध्यक्ष खिमबहादुर थापा, जिल्ला समन्वय समिति सदस्य सीता थापा लगायतले पालिका भित्र भए गरेका प्रगती एवं समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।

राष्ट्रिय पुननिर्माण केन्द्रीय आयोजनाका सहसचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा अधिकृत यामनारायण गौलीले स्वागत एवं लेखा अधिकृत थमनसिंह गोैतमले संचालन गर्नुभएको थियो ।
यसैगरी, स्याङ्जाका १५ हजार ८ सय ८५ घरधुरी सर्भेक्षण भएका मध्ये ८ हजार ८ सय १७ निजी आवास लाभग्राही संख्यामा सूचिकृत भएका छन । ती मध्ये ८ हजार ४ सय ३७ ले प्रथम किस्ता लाने लाभग्राही हुन भने दोश्रो किस्ता लानेमा ३ हजार ६सय ८४ रहेका छन् । तेस्रो किस्ता लानेमा १ हजार २ सय ५७ जना रहेको र ६ जनाले अनुदान रकम फिर्ता गरेको स्याङ्जा इकाईले जनाएको छ । यसैगरी, ४ हजार ९ सय ३९ जनाको गुनासो गर्नेको संख्या छ । छुट तथा पुन जाँच सर्वेक्षणमा फेदिखोला र अर्जुनचौपारी गाउपालिकामा सम्पन्न भइसकेको आयोजना इकाई स्याङ्जाले जनाएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…