स्याङ्जामा भूकम्प पीडितहरुको गुनासो ब्यवस्थापन तथा पुनरावेदन सम्बन्धी अन्तरक्रिया ।
भवानी अधिकारी/स्याङजा :
भूकम्प पीडितहरुका गुनासो ब्यवस्थापन तथा पुनरावेदन कार्यबिधी सम्बन्धी स्याङ्जामा जिल्ला स्तरीय अभिमूखीकरण तथा अन्तरक्रिया गरिएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण काठमाण्डौंको आयोजना तथा जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार स्याङ्जाको संयोजनमा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले भूकम्प पीडितका समस्या दिनप्रतिदिन थपिदै गएको बताउदै काम कारवाहीमा सरलीकृत गर्दै भूकम्प प्रतिरोधी घर बनाउने वातावरण बनाउन सरोकारवालाले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो भने राष्ट्रिय पुननिर्माण केन्द्रीय आयोजनाका उपसचिव शंकरहरी आचार्यले गुनासो एवं पुनरावेदन कार्यबिधीका बारेमा जानकारी गराउनुभएको थियो ।

राष्ट्रिय पुननिर्माण केन्द्रीय आयोजना कार्यान्वय इकाई भवन कास्की प्रमुख उमेशकुमार चौधरी, जिल्ला आयोजना कार्यान्वय इकाई शिक्षा प्रमुख गोबिन्दराज पाखे्रल, आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार स्याङ्जा प्रमुख प्रविण ढकालले आ आफना क्षेत्रगत प्रगती, चुनौतीका बारेमा जानकारी गराउनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा पुतलीबजार नगर प्रमुख सीमा क्षेत्री, गल्याङ् नगरप्रमुख भूपराज अधिकारी, आधीखोला गाउपालिका अध्यक्ष सुधिरकुमार पौडेल, कालीगण्डकी गाउपालिका अध्यक्ष खिमबहादुर थापा, जिल्ला समन्वय समिति सदस्य सीता थापा लगायतले पालिका भित्र भए गरेका प्रगती एवं समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।

राष्ट्रिय पुननिर्माण केन्द्रीय आयोजनाका सहसचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा अधिकृत यामनारायण गौलीले स्वागत एवं लेखा अधिकृत थमनसिंह गोैतमले संचालन गर्नुभएको थियो ।
यसैगरी, स्याङ्जाका १५ हजार ८ सय ८५ घरधुरी सर्भेक्षण भएका मध्ये ८ हजार ८ सय १७ निजी आवास लाभग्राही संख्यामा सूचिकृत भएका छन । ती मध्ये ८ हजार ४ सय ३७ ले प्रथम किस्ता लाने लाभग्राही हुन भने दोश्रो किस्ता लानेमा ३ हजार ६सय ८४ रहेका छन् । तेस्रो किस्ता लानेमा १ हजार २ सय ५७ जना रहेको र ६ जनाले अनुदान रकम फिर्ता गरेको स्याङ्जा इकाईले जनाएको छ । यसैगरी, ४ हजार ९ सय ३९ जनाको गुनासो गर्नेको संख्या छ । छुट तथा पुन जाँच सर्वेक्षणमा फेदिखोला र अर्जुनचौपारी गाउपालिकामा सम्पन्न भइसकेको आयोजना इकाई स्याङ्जाले जनाएको छ ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


