मृत्युको वास्तविकता पत्ता लगाउन पोखराबाट ल्याईएको कुकुर समेत अल्मलियो ।

चुत्र बहादुर महत / भीरकोट :
एका विहानै खवर आयो भीरकोट नगरपालिका १ मुल्की चौपारी भन्ने ठाँउमा एक जनाको शव रहेको छ । सूचना पाउना साथ प्रहरीको टोली घटनास्थलमा पुग्यो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयबाट ल्याईएको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिदै
प्रहरीले कसैले हत्या गरेको हुन सक्ने आंशकामा गण्डकी प्रदेश प्रहरी कार्यालय कुकुर शाखा पोखराबाट कुकुरसहितको टोलीलाई घटनाको अनुसन्धानलाई बोलाईयो । तर पोखराबाट ल्याईएको कुकुर पनि अनुसन्धानमा अलमलिएको प्रत्यक्षदर्शीले बताए । कुकुर केही पर सम्म गएको त्यसलाई आधार मानी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ । मृतक पुतलीबजार नगरपालिका १३ का ५५ वर्षीय राजेश अधिकारी रहेको पहिचान खुलिसकेको छ । प्रहरीका अनुशार मृतक अधिकारी दैनिक मादक पदार्थ खाई हिहडने गर्दथे । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीका अनुसार मृतकलाई पोष्टमार्टमका लागि वालिङ प्राथामिक स्वास्थ्य केन्द्रमा राखिएको छ । अधिकारीको मृत्युको कारण बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…