पर्यटन प्रवर्धनका लागि डिभाईनको पदयात्रा ।

तस्वीर चुत्र महत ।
आँधीखोला खवर/ वालिङ :
भिजिट नेपाल २०२० प्रोमोट अन्र्तगत धार्मिक, सांस्कृति, ऐतिहासिक, पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्जद्धनका लागि डिभाईन युथक्लब नेपालको पदयात्राले जिल्लाकै प्रसिद्ध मन्दिर छायाँक्षेत्र मन्दिरको अध्ययन तथा अवलोकन गरेको छ । क्लब ७ जना सदस्यहरु सहभागी टोलीले मन्दिरको अवलोकन, अध्ययन, ध्यान साधाना समेत गरेका हुन् ।

तस्वीर चुत्र महत ।
कार्यक्रममा नगरप्रमुख छायाराम खनालले डिभाईन क्लब भीरकोटमा समेत गठन गर्न आग्रह गर्दै यसका लागि राधा माधव समितिलाई संयोजन गर्न आग्रह गर्नुभयो । साथै उहाँले साधना, सत्संगका लागि नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समिति अध्यक्ष पिताम्बर श्रेष्ठले मन्दिरको ऐतिहासिक पृष्ठभुमीको बारेमा प्रकाश पार्नुभएको थियो । राधा माधव समितिका अध्यक्ष संगिता नेपालले आशिरवचनका साथै रुपध्यानयुक्त साधना गराउनुभएको थियो । डिभाईन युथ क्लबका अध्यक्ष उत्सव पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन राधा माधव समितिका स्याङ्जा अध्यक्ष धनप्रसाद कोईरालाले गर्नुभएको थियो ।

त्यस्तै क्लबले वालिङ स्थित पतञ्जली योगपिठमा समेत साधना सत्संग गरेको छ । पदयात्रीहरुले वालिङ बजारको परिक्रमा समेत गरेका थिए ।

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


