स्याङ्जा पनि मनाईयो राष्ट्रिय धान दिवश ।


आँँधीखोला खवर/स्याङ्जा :
मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन आईतबार देशभर धान दिवस मनाईएको छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । देशभर धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ १६ औं धान दिवस मनाईएको हो ।
कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खाने चलन समेत रहेको छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् ।

यसपटक धान घट्ने सम्भावना छ । वर्षा कम भएकाले कतिपय स्थानमा रोपाई नै हुन सकेको छैन । मनसुन समयमा नभएकाले वर्षा हुन नसकेको हो । जसले गर्दा धान उत्पादन घट्ने देखिएको हो ।
यसैवीच स्याङ्जामा पनि १६ औं धान दिवश मनाईएको छ । स्याङ्जाका प्राय सवै स्थानीयतहमा रोपाई गरेर दिवश मनाईएको हो । भीरकोट नगरपालिकाको आयोजनामा वडा न ६ स्थीत आँधीखाल्टामा दोस्रो रोपाइ महोत्सव गरिएकोे छ ।

आँधीफाटका किसान प्रकाश केसीको खेतमा रोपाई महोत्सव संचालन गरीएको हो । महोत्सवले स्थानीय कृषकहरु लाई कृषी प्रति आकर्षित गर्नुका साथै कृषकको श्रमको सम्मान हुने भीरकोट नगरपालिका प्रमुख छायाराम खनालले बताउनु भयो । रोपाई महोत्सवमा नगर उप प्रमुख सिमा केसी कर्माचार्य ,पूर्व जनप्रतिनिधि द्धय गोविन्द कुमार कर्मचार्य,पिताम्वर श्रेष्ठ, वडा न २ का वडा अध्यक्ष कमल त्रिपाठी, नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारी, नेपाल भूपू सैनीक संघ जिल्ला अध्यक्ष क्षेत्र वहादुर थापा लगायतले भीरकोटका वाझो जमिनलाई पहिचानको आधारमा हराभरा सहित उत्पादनमा वृद्धी गर्नुपर्ने बताए ।

भीरकोट नगरपालिकाका कृषी संयोजक एवं नगर प्रवक्ता दिपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न रोपाई महोत्सव संचालन नगर प्रमुखका स्वकीय सचिव नन्दलाल खनाल र स्वागत वडा न ६ का वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीले गर्नु भएको थियो ।
रोपाई महोत्सवमा स्थानीयवासी, जनप्रतिनिधि,कर्मचारी,प्रहरी र पत्रकारहरु लगायतको सहभागीता रहेको थियो । भीरकोट नगरपालिकाले गत वर्ष देखी रोपाई महोत्सव संचालन गर्दै आएको हो । यस्तै पुतलीवजार नगरपालिकामा पनि धान दिवश मनाइएको छ । त्यस्तै वालिङ नगरपालिका वडा नम्वर १० मा पनि रोपाई गरेर धान दिवश मनाईएको छ ।
दिपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न रोपाई महोत्सव संचालन नगर प्रमुखका स्वकीय सचिव नन्दलाल खनाल र स्वागत वडा न ६ का वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीले गर्नु भएको थियो ।
रोपाई महोत्सवमा स्थानीयवासी, जनप्रतिनिधि,कर्मचारी,प्रहरी र पत्रकारहरु लगायतको सहभागीता रहेको थियो । भीरकोट नगरपालिकाले गत वर्ष देखी रोपाई महोत्सव संचालन गर्दै आएको हो । यस्तै पुतलीवजार नगरपालिकामा पनि धान दिवश मनाइएको छ । त्यस्तै वालिङ नगरपालिका वडा नम्वर १० मा पनि रोपाई गरेर धान दिवश मनाईएको छ ।

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…