डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
भवानी अधिकारी/ स्याङ्जा :
पुतलीबजार नगरपालिकाको आयोजनामा डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । डेंगु नियन्त्रण गर्न लामखुट्टेको बासस्थान खोजीगरी लार्भा नष्ट गर्ने अभियान संचालन गर्ने उदेश्य सहित सो कार्यक्रम गरिएको हो । कार्यक्रमको उदघाटन गर्दे कार्यवाहक प्रमुख महेश पुरीले संक्रमित लामखुट्टेको टोकाईवाट लाग्ने डेंगुबाट बच्न आफना घर वरपर रहेका पानी जम्ने स्थल नराख्न र फोहोरमैला नियन्त्रण गरी लामखुट्टे नियन्त्रण गर्नूु पर्ने बताउनुभयो । बर्षातको समयमा महामारीको रुप लिन सक्ने डेंगु रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्नै नदिनेगरी सरसफाईमा जोड दिई लामखुट्टे नियन्त्रण सम्बन्धी बिबिध कार्यहरु अवलम्बन गर्न जोड दिनुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक लोकबहादुर गुरुङ्, स्वास्थ्यकर्मी इश्वर थापा लगायतले एडिज नामको पोथी लामखुट्टेको टोकाइवाट हुने डेंगु रोगबाट बच्न घर र वरपर सरसफाईमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोलर यम बरालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उच्च ज्वरो आउनु, टाउको दुख्नु, प्रभावित अंगबाट रगत बग्नु, जीउ जोर्नीहरु दुख्नु, आखा दुख्नु चिलाउनु, वान्ता हुनु, खाना खान मन नलाग्नु, रगत जमेजस्ता धब्बा देखिनु, रक्तचाप घट्ने लगायतका डेंगुका लक्ष्यण भएको बताउनुभयो । कार्यक्रममा राजमार्ग अन्र्तगत पर्ने वडा नं. १, ३, ४, १० का वडा अध्यक्ष, स्वास्थ्य स्वयंसेवी तथा टोल विकास संस्थाका अध्यक्षहरुकोे सहभागिता थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


