महिलाहरुको आयआर्जनका बढाउन क्रिष्टलका चुरापोते बनाउने तालिम ।

कला राना/वालिङ :
भीरकोट नगरपालिकाले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले वडा नं. ६ मा आयमुलक क्रिष्टलको चुरापोते बनाउने तालिमको शुरुवात गरेको छ । नगरपालिकाले वडा नं.५, ६, ७, ८ र ९ गरी ५ वडाका ५० जना महिलाहरुका लागि तालिमको आयोजना गरेको हो । ३ दिने तालिमको उद्दघाटन गर्दै भीरकोट नगरपालिका उपप्रमुख सिमा केसी कर्माचार्यले महिलाहरुको क्षमता विकास गरी आर्थिक रुपमा समेत बलियो बनाउनका लागी नगरपालिकाले सिप तथा आयमुलक तालिम प्रदान गरेको बताउनुभयो ।

तालिममा सिकेका सिपलाई आफ्नो दैनिक जिवनमा उपयोग गर्दै व्यवसायिक बन्न समेत सकिने उपप्रमुख कर्माचार्यको भनाई छ । कार्यक्रममा वडा नं. ६ का अध्यक्ष शेषकान्त अर्याल, प्रशिक्षक दुर्गा न्यौपाने, सिता केसी, लिलप्रसाद रेग्मी लगायतले बोल्नुभएको थियो । तालिम समिति संयोजक एवं वडा नं. ५ का अध्यक्ष यामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत दुर्गा कोईराला र सञ्चालन मिना खांणले गर्नुभएको थियो । वडाका ९ वटै महिलाहरुलाई तालिम दिईने बताईएको छ । बाँकी १, २, ३ र ४ वडाका लागी समेत तालिम दिईने तालिम संयोजक यामप्रसाद अधिकारीले बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


