महिलाहरुको आयआर्जनका बढाउन क्रिष्टलका चुरापोते बनाउने तालिम ।


कला राना/वालिङ :
भीरकोट नगरपालिकाले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले वडा नं. ६ मा आयमुलक क्रिष्टलको चुरापोते बनाउने तालिमको शुरुवात गरेको छ । नगरपालिकाले वडा नं.५, ६, ७, ८ र ९ गरी ५ वडाका ५० जना महिलाहरुका लागि तालिमको आयोजना गरेको हो । ३ दिने तालिमको उद्दघाटन गर्दै भीरकोट नगरपालिका उपप्रमुख सिमा केसी कर्माचार्यले महिलाहरुको क्षमता विकास गरी आर्थिक रुपमा समेत बलियो बनाउनका लागी नगरपालिकाले सिप तथा आयमुलक तालिम प्रदान गरेको बताउनुभयो ।

तालिममा सिकेका सिपलाई आफ्नो दैनिक जिवनमा उपयोग गर्दै व्यवसायिक बन्न समेत सकिने उपप्रमुख कर्माचार्यको भनाई छ । कार्यक्रममा वडा नं. ६ का अध्यक्ष शेषकान्त अर्याल, प्रशिक्षक दुर्गा न्यौपाने, सिता केसी, लिलप्रसाद रेग्मी लगायतले बोल्नुभएको थियो । तालिम समिति संयोजक एवं वडा नं. ५ का अध्यक्ष यामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत दुर्गा कोईराला र सञ्चालन मिना खांणले गर्नुभएको थियो । वडाका ९ वटै महिलाहरुलाई तालिम दिईने बताईएको छ । बाँकी १, २, ३ र ४ वडाका लागी समेत तालिम दिईने तालिम संयोजक यामप्रसाद अधिकारीले बताउनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…