जिल्ला क्रिकेट संघ स्याङ्जाको अध्यक्षमा दिवाकर थापा ।

आँधीखोला खवर / स्याङ्जा :
स्याङ्जा जिल्ला क्रिकेट संघको विशेष साधारण सभाले दिवाकर थापाको अध्यक्षतामा जिल्ला क्रिकेट संघको १५ सदस्यीय नयाँ समिति सर्वसम्मत गठन गरेको छ । जसको उपाध्यक्षमा ओमबहादुर गुरुङ्, सचिव शोनेय तिवारी, कोषाध्यक्ष प्रवेश भुजेल निर्वाचित भएका छन् । यसैगरी सदस्यमा जगतबहादुर टमटा (राष्ट्रिय प्रमुख प्रशिक्षक), दिपक पोख्रेल, अनिल राना, अर्जुनकुमार थापा, अनोज गोदार, दिनेश थापा, हिक्मतजंग कार्की, दानबहादुर राना, लालबहादुर गुरुङ्, लेखनाथ गैह्रे र नारायणप्रसाद तिवारी रहेका छन् । त्यसैगरी नयाँ कार्यसमितिले राष्ट्रिय प्रशिक्षक जगतबहादुर टमटालाई केन्द्रिय प्रतिनिधि तथा प्रदेश प्रतिनिधिको रुपमा दिवाकर थापा, दिपक पोख्रेल (दिपानु), अर्जुनकुमार थापा, शोनेय तिवारी गरी ४ जना सदस्यलाई सर्वसम्मत मनोनयन गरेको छ । बिरबहादुर गुरुङ् र अनिल रानालाई आन्तरिक कार्यसमितिको निर्णयबाट अन्तरिम अवधिका लागि जिल्ला टिमको नेतृत्व तथा व्यवस्थापनको लागि जिम्मा दिइएको छ । यसैगरी विशेष अतिथिमा आइ सी सीको स्वतन्त्र समितिका २ जना प्रतिनिधिको निरिक्षणमा जिल्ला कार्यसमिति सर्वसम्मत गठन गरिएको आयोजकले बतायो ।
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…