जिल्ला क्रिकेट संघ स्याङ्जाको अध्यक्षमा दिवाकर थापा ।
आँधीखोला खवर / स्याङ्जा :
स्याङ्जा जिल्ला क्रिकेट संघको विशेष साधारण सभाले दिवाकर थापाको अध्यक्षतामा जिल्ला क्रिकेट संघको १५ सदस्यीय नयाँ समिति सर्वसम्मत गठन गरेको छ । जसको उपाध्यक्षमा ओमबहादुर गुरुङ्, सचिव शोनेय तिवारी, कोषाध्यक्ष प्रवेश भुजेल निर्वाचित भएका छन् । यसैगरी सदस्यमा जगतबहादुर टमटा (राष्ट्रिय प्रमुख प्रशिक्षक), दिपक पोख्रेल, अनिल राना, अर्जुनकुमार थापा, अनोज गोदार, दिनेश थापा, हिक्मतजंग कार्की, दानबहादुर राना, लालबहादुर गुरुङ्, लेखनाथ गैह्रे र नारायणप्रसाद तिवारी रहेका छन् । त्यसैगरी नयाँ कार्यसमितिले राष्ट्रिय प्रशिक्षक जगतबहादुर टमटालाई केन्द्रिय प्रतिनिधि तथा प्रदेश प्रतिनिधिको रुपमा दिवाकर थापा, दिपक पोख्रेल (दिपानु), अर्जुनकुमार थापा, शोनेय तिवारी गरी ४ जना सदस्यलाई सर्वसम्मत मनोनयन गरेको छ । बिरबहादुर गुरुङ् र अनिल रानालाई आन्तरिक कार्यसमितिको निर्णयबाट अन्तरिम अवधिका लागि जिल्ला टिमको नेतृत्व तथा व्यवस्थापनको लागि जिम्मा दिइएको छ । यसैगरी विशेष अतिथिमा आइ सी सीको स्वतन्त्र समितिका २ जना प्रतिनिधिको निरिक्षणमा जिल्ला कार्यसमिति सर्वसम्मत गठन गरिएको आयोजकले बतायो ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


