दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्याण्डको रोमाञ्चक जित, यस्तो छ अंकतालिका ।

newzealanad-ken

आँधीखोला खवर : इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा न्युजिल्याण्डले रोमाञ्चक जित प्राप्त गरेको छ । बुधबार राति बर्मिङघममा भएको खेलमा न्युजिल्याण्ड दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्न सफल भयो । 

वर्षाले प्रभावित हुँदा ४९ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिकाले दिएको २४२ रनको लक्ष्य न्युजिल्याण्डले ४८.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । कप्तान केन विलियमसनले कप्तानी प्रदर्शन गरे । उनले १३८ बलमा अन्तिममा १ छक्का र ९ चौकासहित नटआउट १०३ रन बनाए । यो उनको विश्वकपमा पहिलो शतक हो । 

यस्तै अलराउन्डर कोलिन डी ग्राण्डहोमले ६०, मार्टिन गुप्टिलले ३५ तथा जेम्स निशमले २३ रन बनाए । दक्षिण अफ्रिकाका क्रिस मोरिसले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेटको नोक्सानीमा २४१ रन बनाएको थियो ।  

भान डेर डुसनले नटआउट ६७ तथा हसिम अमलाले ५५ रन बनाए । न्युजिल्याण्डका लोकी फर्गुसनले ३ विकेट लिए ।

अंक तालिका 

न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । न्युजिल्याण्डले ५ खेलबाट ९ अंक जोडेको छ । भारतसंगै न्युजिल्याण्ड पनि अपराजित टोली हो । ५ खेलबाट ८ अंकको आयोजक इंगल्याण्ड दोस्रो स्थानमा छ । तेस्रो स्थानको अष्ट्रेलियाको पनि ८ अंक नै छ । 

४ खेलबाट ७ अंकको भारत चौथो स्थानमा छ । पाँचौं स्थानको बंगलादेशको ५ खेलबाट ५ अंक छ । 

छैटौं स्थानको श्रीलंकाको ५ खेलबाट ४ अंक हुँदा ५ खेलबाट ३ अंकको वेष्ट इन्डिज सातौं स्थानमा छ । दक्षिण अफ्रिका ६ खेलबाट ३ अंकसहित आठौं स्थानमा छ । पाकिस्तान ५ खेलबाट ३ अंकसहित नवौं र अफगानिस्तान ५ खेलबाट अंकविहिन हुँदै पुछारमा छ ।  

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP