विकास मौलाउनु पर्नेमा भ्रष्ट्राचार मौलायो- कांग्रेस केन्द्रीय सदस्य भट्टराई ।
प्रकाश डोटेल / हरिनाश :
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द प्रसाद भट्टराईले पछिल्लो समय नेपालमा विकास मौलाउनु पर्नेमा भ्रष्टाचार मौलाएको आरोप लगाउनु भएको छ । देशमा कम्युनिष्टको दुई तिहाईको सरकार रहेको स्मरण गर्दै नेता भट्टराईले भन्नुभयो जनताले अव त विकास हुने भो भन्ने आशा गरेका थिए तर देशमा त भ्रष्ट्राचारको पो संस्थागत विकास भयो ।
नेपाली कांग्रेसको हरिनाश गाँउपालिकामा भएको गाउँ जागरणसभालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य भट्टराईले भन्नुभयो चोरी, डकैती तथा हत्या हिंसाको संरक्षणमा सरकार नै लागि रहेको छ ।
नेविसंघका पूर्व केन्द्रीय सभापति समेत रहनुभएको नेता भट्टराईले कांग्रेस एकताबद्ध भएमा मात्रै देशको संवृद्धि सम्भव भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति वुद्धी वहादुर राना कुमारले कांग्रेसले मात्रै जातजाती तथा संस्कृतिको संरक्षण गर्न सक्ने भन्दै कांग्रेसको विधान दक्षिण एसिया मै सवैभन्दा समावेशी भएको दावी गर्नुभयो ।
सभामा वोल्दै नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति खगेन्द्रराज रेग्मीले कांग्रेस जनभावना अनुशार चल्ने पार्टी भएको भन्दै कम्युनिष्ट सरकारले तानाशाही प्रवृत्ति देखाउन खोजेको आरोप लगाउनु भयो । नेता रेग्मी कांग्रेसको ईतिहास नविर्सन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्यद्धय मोहन प्रसाद पाण्डे र राजु थापाले जनताले कांग्रेसलाई विश्वास गरेकाले नै देशमा नयाँ संविधान आउन सकेको दावी गरे । उनीहरुले २०६४ देखि ७० सम्म कम्युनिष्ट शासन भएका बेला नयाँ संविधान जारी गर्न नसक्नु यस्को गतिलो उदाहरण भएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले कांग्रेस अव एक भएर आगडि बढ्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा कांग्रेस स्याङ्जा क्षेत्र नम्वर १ का सभापति तुल्सीराम रेग्मी, स्थानीय लिला थापा,नीलकण्ठ लम्साल सिवि थापा,टोप बहादुर भुजेल, सोम प्रसाद लम्साल लगायतले बोलेका थिए । कार्यक्रममा स्वतन्त्र सेनानी कलाम सिंह रानालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नेपाली कांग्रेस हरिनास गाउँपालिकाका संयोजक टोप बहादुर चन्द कृष्णको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत कांग्रेसका पुराना नेता देव कुमार मानन्धर र सञ्चालन ओम वहादुर भट्टले गर्नु भएको थियो ।
हरिनास गाँउपालिकाको वडा नम्वर ५ बलिकोटमा भएको सभामा विभिन्न पाटी परित्याग गरी दर्जनौ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका नेविसंघ स्याङ्जाका सभापति अजित क्षेत्रीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…