सामुदायिक बन सम्वन्धी अन्तरक्रिया समपन्न ।


आँधीखोला खवर/गल्याङ :
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ स्याङ्जाको व्यवस्थापनमा एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगरले वनबाट राम्रो आम्दानी गर्न सकिने बताउनु भयो । उहाँले कालीगण्डकी गाउँपालिकाले पर्यटन विकास गराउने सामुदायिक वनमा फलफूलका विरुवा लगाएर देश तथा विदेशबाट आउने पर्यटकहरुलाई निश्चित दरमा टिकट काटेर वनमा प्रवेश दिने र झोलामा लैजान नपाउने तर पेट भरी फलफूल खान पाउने व्यवस्था मिलाउने योजनामा रहेको जानकारी दिनुभयो ।
उहाँले कालीगण्डकी गाउँपालिकामा आठ वटा सामुदायिक वनबाट धेरै भन्दा धेरै बहुउपयोगी बनाउने र त्यसबाट धेरै भन्दा धेरै फाईदा लिन सकिने वनमा टिमुर लगाउने र त्यसबाट पनि राम्रो आम्दानी लिन सकिने बताउनु भयो ।

सामुदायिक वनहरुको कस्तो नीति तथा कार्यक्रम ल्याउने वताउदै स्थानीय तहमा वन सम्बन्धी धेरै विवाद भएको बताउदै स्थानीय तहमा रहेको वनलाई सदुपयोग गरि धेरै भन्दा धेरै फाईदा लिन र विश्वले हाम्रो वनलाई प्रयोग गरेर शुद्व अक्सिजन प्राप्त गरे वापतको रेयाल्टी नेपालमा प्राप्त हुुनु पर्ने कुरा बताउनु भयो ।
उहाँले आफ्रनै डिहिमा प्राप्त सालका रुख भए पनि काटेर आफ्नो घरगोठ सम्म पनि बनाउन नपाईने विवेदकारी नीति भएको बताउदै त्यसको तत्काल समाधान हुनु पर्ने कुरा बताउनु भयो ।
कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोईरालाले वनबाट राम्रो आम्दानी गर्न सकिने र वनबाट मानव जीवनले धेरै भन्दा धेरै फाईदा लिन समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ स्याङ्जाका अध्यक्ष दोब बहादुर कार्कीले स्याङ्जामा जम्मा सामुदायिक वन ५ सय १८ भएको र ५०० वन समृह रहेको , ४७ हेक्टर क्षेत्रफलमा वन तथा वुटियन र छाडी फैलिएको बताउदै हालको तथ्याङ्क अनुसार १ हजार २६ जातका जडीवुटी भएको बताउदै त्यसको सहि रुपमा सदुपयोग गरेर राम्रो आम्दानी लिन सकिने बताउनु भयो ।
कार्यक्रम कालीगण्डकी गाउँपालिका सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष बेद प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन धुव्र ज्योति माध्यमिक विद्यालयका प्रधान्यापक हिरा बहादुर गाहा मगरले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिबालय मावि प्रथम ।
-
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
-
अमेरिकाबाट फर्किएर दिपकजङ्ग विश्वकर्माको शैक्षिक अभियान, ‘एक करोडको कोष निर्माण’ ।
-
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
-
नेपालको शिक्षामा हाम्रो साथ सहयोग हुने छ : क्रिश हयूज

लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
१ दिन अगाडि
स्याङ्जा : लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन…