आँधीखोलाले बगाउँदा ८ वर्षिय बालकको ज्यान गयो ।
आँधीखोला खवर/भीरकोट :
स्याङ्जामा आँधीखोलाले बगाउँदा आठ बर्षिय बालकको ज्यान गएको छ । भीरकोट नगरपालिका वडा न. १ बयरघारी स्थीत आँधीखोलाले बगाउँदा सोही ठाउँ बस्ने दिपक श्रेष्ठका छोरा अन्स श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । आँधीखोलाले बगाउँदै लगेको अवस्थामा स्थानीयले देखेपछि तत्काल उद्धार गरी उपचारको लागि प्राथमीक स्वास्थ्य केन्द्र वालिङ लगीएको थियो । स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । खेल्ने क्रममा खोलाले बगाएको आफ्नो चप्पल छोप्न खोज्दा बालक पनि वगेको प्रत्यक्षदशीले जनाएकाछन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
३ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


