आँधीखोलाले बगाउँदा ८ वर्षिय बालकको ज्यान गयो ।
आँधीखोला खवर/भीरकोट :
स्याङ्जामा आँधीखोलाले बगाउँदा आठ बर्षिय बालकको ज्यान गएको छ । भीरकोट नगरपालिका वडा न. १ बयरघारी स्थीत आँधीखोलाले बगाउँदा सोही ठाउँ बस्ने दिपक श्रेष्ठका छोरा अन्स श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । आँधीखोलाले बगाउँदै लगेको अवस्थामा स्थानीयले देखेपछि तत्काल उद्धार गरी उपचारको लागि प्राथमीक स्वास्थ्य केन्द्र वालिङ लगीएको थियो । स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । खेल्ने क्रममा खोलाले बगाएको आफ्नो चप्पल छोप्न खोज्दा बालक पनि वगेको प्रत्यक्षदशीले जनाएकाछन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


