गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्राबृत्ति ।


आँधीखोला खवर / स्याङ्जा :
पुतलीबजार नगरपालिका–८ भन्ज्याङ्मा रहेको नुबहाकोट माध्यामिक विद्यालयमा अध्ययनरत् गरीब तथा जेहेनदार विद्यार्थीलाई एक समारोहबीच छात्राबृत्ति हस्तान्तरण गरेको छ । स्थानीय क्रान्तिदीप युवा क्लवले १२ जना विद्यार्थीलाई छात्राबृत्ति सहयोग गरेको हो । क्लवका पदाधीकारीको समुहले विद्यालयका प्रधानाध्यापक श्यामकुमार थापाको उपस्थितिमा प्रति विद्यार्थी ७ सयको दरले १२ जनालाई ८ हजार ४ सय रुपैयाँ वितरण गरिएको क्लवका अध्यक्ष योगेन्द्र मल्लले बताउनु भयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…