मेयर चौधरी फेरी तानिए विवादमा, महिला अधिकारकर्मीले निकाले विज्ञप्ति
काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी फेरी विवादमा तानिएका छन् । महिलाहरु माथि अपशब्द बोलेपछि मेयर चौधरी विवादमा तानिएका हुन् ।
बिहिबार महिला सञ्जाल इटहरीले प्रेस विज्ञप्ति निकाल्दै असार ४ गते १६ र १७ मा भएको समाजिक विकृति बिरुद्ध कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले बोल्ने क्रममा महिलाहरुको अस्मितानै आच आउने गरी बोलिएका शब्द प्रति आपत्ति जनाएको छ ।
महिला सञ्जालकी अध्यक्ष बिमला ढकालद्वारा जारी विज्ञप्तिमा महिला हिंसाका घटना हुनुमा, विकृति विसंगति हुनुमा, यौन कर्ममा लग्नुमा, महिला एकलैको मात्र नभइ महिलालाई हेरिने दृष्टिकोण पारिवारिक कलह रहेको जनाइएको छ । इटहरी उपमहानगर स्तरमा ४० भन्दा ज्यादा महिला अधिकारकर्मीले त्यसतो हुनुमा जिम्मेवार पुरुषको पनि त्यतिकै रहेको बताएका छन् ।
बुधबार नागरिक समाजद्वारा आयोजित समाजिक विकृतिका विरुद्ध अभियान कार्यक्रममा महिलाहरुमा लक्षित गर्दै अपशब्द बोलेका थिए । इटहरीमा बढ्दो वेश्यावृत्ति लाई लिएर मेयर चौधरीले कार्यक्रममा अशोभनीय शब्द प्रयोग गरेका थिए।
उनले पटकपटक इटहरीको लबिपुर चोकलाई ‘र… जिन्दावाद’ भन्दै भाषण गरेका थिए। उनले सो क्षेत्रमा र… कै कारण घरभाडा चल्ने, र… कै कारण औषधी पसल चल्ने, मनोरञ्जन गर्न र.. चाहिने जस्ता अपशब्द बोलेका थिए। सोही कारण इटहरी बदनाम भएको मेयर चौधरीको भनाइ थियो।
यसअघि इटहरीका पत्रकार विराट अनुपमलाई धम्कीको दिएपछि विवादमा तानिएका थिए । उनले पत्रकारलाई कालोमोसो दल्नेदेखि नाकको डाँडी भाच्ने जस्तासम्म धम्कीहरु दिएका थिए। (हाम्रा कुरा डटकमबाट)

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


