चापाकोट नगरपालिकाको बजेट सार्वजनिक ।

nagar c

चापाकोट नगरपालिकाले आ.व .०७६/७७ को बजेट सहित नगरसभा सम्पन्न गरेको छ । आगामी आ.व.को लागि कुल ४४ करोड ५२ लाख ५७ हजार को बजेट प्रस्तुत गरेको छ ।

नगरसभामा आगामी आर्थिक वर्ष ०७६/७७ को लागि बजेट प्रस्तुत गदै नगर प्रमुख शिव कुमार गिरीले जनताका आकांक्षा र आवश्यकता असिमित छन् तर श्रोत साधन सिमित छन् सर्वाेतोमुखी नगर विकासका लागि आ. व. ०७६/७७को बजेट ल्याएका छौँ भन्दै समृद्ध नगर निर्माणमा एकाकार हुन आग्रह गरे ।

नगरपालिकाले पुर्वाधार विकास,कृर्षि, स्वास्थ्य, शिक्षा, रोजगार र पर्यटनको क्षेत्रमा विषेश कार्यक्रम ल्याएको छ । अघिल्लो आ.व ०७५/०७६ मा जिल्लामै कम बेरुजु भएकोनगरले यस बर्षलाई शुन्य बेरुजु वर्ष बनाउने समेत लक्ष्य समेत रहेको प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठले बताए ।

नगर प्रमुख शिव कुमार गिरीले आगामी आर्थिक वर्ष ०७६र७७ का लागि चालुतर्फ ३० करोड ९३ लाख९५हजार १ सय १८ (७०.९प्रतिशत) र पुँजीगत तर्फ १३ करोड ५८ लाख ६१ हजार ८ सय ८२ रकम (२९.१ प्रतिशत ) गरी कुल ४४ करोड ५२ लाख ५७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए । चापाकोट नगरपालिकामा १० वटा वडाहरु रहेका छन्

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP