चापाकोट—३, दिसिङकोटमा खानेपानी योजना सम्पन्न ।

टिकाराम अधिकारी / गल्याङ :
स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ३ दिसिङकोटमा लिफ्टिङ खानेपानी योजना तथा खड्गकाली आमा समुहको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । खानेपानी योजना तथा भवनको उद्घाटन गर्दै चापकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरिले दिसिङकोट बासिको सक्रियतामा लिफ्टिङ खानेपानी योजना तथा आमा समूह भवन निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्नु भयो ।

वडा नं ३ का वडाबासीको उपस्थिति रहेको कार्यक्रममा स्वागत वडाअध्यक्ष सुन्दर विक्रम खाँण र संचालन वडा सचिव गीता खाँणले गर्नुभएको थियो । साविक जिल्ला विकास समिति स्याङ्जाको ४ लाख तथा नगरपालिका को ५ लाख अनुदान तथा ३ लाख बराबरको स्थानीय बासीको जनश्रमदानमा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो त्यसै गरी जि वि स को २ लाख तथा नगरपालिकाको ५ लाख ५० हजार अनुदान तथा बाँकी २ लाख बराबरको जनश्रमदानमा आमा समूह भवन निर्माण भएको स्थानीय बासीले बताए ।
भवन निर्माण तथा खानेपानी योजनाबाट दिसिङकोट बस्तीका झण्डै ४० घर धुरी लाभान्वित हुने समाज सेवी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


