चापाकोट—३, दिसिङकोटमा खानेपानी योजना सम्पन्न ।


टिकाराम अधिकारी / गल्याङ :
स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ३ दिसिङकोटमा लिफ्टिङ खानेपानी योजना तथा खड्गकाली आमा समुहको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । खानेपानी योजना तथा भवनको उद्घाटन गर्दै चापकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरिले दिसिङकोट बासिको सक्रियतामा लिफ्टिङ खानेपानी योजना तथा आमा समूह भवन निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्नु भयो ।

वडा नं ३ का वडाबासीको उपस्थिति रहेको कार्यक्रममा स्वागत वडाअध्यक्ष सुन्दर विक्रम खाँण र संचालन वडा सचिव गीता खाँणले गर्नुभएको थियो । साविक जिल्ला विकास समिति स्याङ्जाको ४ लाख तथा नगरपालिका को ५ लाख अनुदान तथा ३ लाख बराबरको स्थानीय बासीको जनश्रमदानमा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो त्यसै गरी जि वि स को २ लाख तथा नगरपालिकाको ५ लाख ५० हजार अनुदान तथा बाँकी २ लाख बराबरको जनश्रमदानमा आमा समूह भवन निर्माण भएको स्थानीय बासीले बताए ।
भवन निर्माण तथा खानेपानी योजनाबाट दिसिङकोट बस्तीका झण्डै ४० घर धुरी लाभान्वित हुने समाज सेवी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…