चापाकोटमा जनता र जनप्रतिनिधि बीचको अन्तरक्रिया सम्पन्न ।

माधव भट्टराई/चापाकोट :
चापाकोट नगरपालिकामा जनता र जनप्रतिनिधि बीचको अन्तरक्रिया सम्पन्न । चापाकोट नगरपालीका वडा नम्बर ४ दासिंङमा भएको कार्यक्रमका सहभागीहरुले आफ्ना गाँउ टोलका विभिन्न समस्याका बारेमा बोलेका थिए । उनीहरुले नगरले योजना बनाउदा जनताको वास्तविक आवश्यक्ताको पहिचान गर्नु पर्ने बताएकाछन् । उनीहरुले स्थानीय श्रोत र साधनको सही सदुपयोग हुने गरी योजना निर्माण गर्न नगरपालिकालाई सुझाव समेत दिएकाछन् । कार्यक्रममा बोल्दै नगरप्रमुख शिवकुमार गिरीले नगरको समग्र विकासमा आफूहरु लागि रहेको जानकारी दिनुभयो । उहाँले स्थानीय श्रोत तथा साधनको अधिकतम प्रयोग हुने गरी योजना निर्माण गरिने जानकारी दिनुभयो । नगरपालिकाको प्रत्येक टोल—टोलमा समानुपातिक विकास गर्न आफूहरु लागि परेकोे प्रमुख गिरीको भनाई छ ।
वडा नम्बर ४ का अध्यक्ष बिक्रम सारु अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य इन्द्र खाँण र संचालन वडा सचिव केसरी मल्ल गर्नु भएको थियो ।


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


