समाजसेवी क्याप्टेन रानाको निधन ।

भवानी अधिकारी/स्याङ्जा :
नेपाली कांग्रेसका क्रियाशिल सदस्य एवंं समाजसेवी पुतलीबजार नगरपालिका ७ ठूलाडिही निवासी ८६ बर्षिय पिता हेनरी क्याप्टेन पितमबहादुर रानाको गएराती (शनिवार) निधन भएको छ ।
नेपाल आदीवासी जनजाती संघ प्रदेश ४ का सदस्य एवं तरुण दल स्याङजाका निवर्तमान उपाध्यक्ष नेमबहादुर राना (अर्जुन), एवं भारतीय सेनाका मेजर सुवेदार शेषबहादुर राना (कमल) का पिता हुनुहुन्छ । उहाँ एक सातादेखि गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत हुनुहुन्थ्यो । उहाँलाई रक्त उच्चचाप, अल्जाइमर लगायतको समस्या थियो ।
उहाँको पार्थिव शरिरमा गण्डकी प्रदेश सदस्य भागवतप्रकाश मल्ल, जिल्ला कार्यवाहक सभापति कुमार राना, क्षेत्रीय सभापतिहरु तुलसीराम रेग्मी र देवबहादुर खाँण (इश्वर) र जिल्ला सदस्य श्रीराम उपाध्यायले नेपाली कांग्रेस पार्टीको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धान्जली ब्यक्त गर्दै स्याङजा कांग्रेसले एक जुझारु, कर्तब्यनिष्ट एवं होनाहार कार्यकर्ता गुमाउनु परेकोमा दुख ब्यक्त गर्नुभयो ।
मृतक रानाको आईतवार दिउँसो पोखरा स्थित रामघाट बुद्ध सदनमा रानाहरुको धार्मिक संस्कार अनुरुप अन्त्येष्टि गरिएको छ । उहाँका एक श्रीमती, २ छोरा, २ बुहारी, नाती नातिना हुनुहुन्छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


