बोक्सी कुप्रथा विरुद्ध गल्याङमा “अग्नि दहन” प्रदर्शन ।
नारायण विश्वकर्मा/गल्याङ:
स्याङजाको गल्याङ बजारमा लैङ्गिक हिसां विरुद्ध अभियानको सन्दर्भमा बोक्सी कुप्रथा विरुद्धका सामाजिक गीत र सन्देशमुलक चलचित्र “अग्नि दहन” जनचेतनाको लागि प्रर्दशन गरिएको छ ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको संयोजनमा सन्देशमुलक चलचित्र “अग्नि दहन” जनचेतनाको लागि जनता माझमा प्रर्दशन गरिएको हो ।
तुल्सीभञ्ज्याङ साना किसान सहकारी संस्थाको सभाहलमा एक कार्यक्रमका बीच चलचित्र “अग्नि दहन” प्रर्दशन गरिएको हो । उद्धघाटन कार्यक्रममा स्वागत मन्तव्यको क्रममा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविद शरण उपाध्यायले बोक्सी हुन्छ भनेर समाजमा फैलिएको अन्धविश्वास, कुरुती, डरलाई हटाउन ७ वटै प्रदेशमा जनचेतना फैलाउने महाअभियान सञ्चालन गरेको बताउनुभयो ।
उहाँले हाम्रो समाजमा अफै पनि बोक्सी कुप्रथा कायम रहेको बताउदै यस्ता अन्धविश्वास हटाउन सवैमा जनचेतना जगाउनुपर्ने बताउनुभयो । अन्तराष्ट्रिय क्षेत्रमा पनि यो डकुमेन्ट्री सञ्चालन भईरहेको बताउदै यस डकुमेन्ट्रीबाट प्राप्त गरेको शिक्षा, ज्ञानलाई गाउँ गाउँमा पुर्याउन उहाँले आग्रह गर्नुृभयो । उपाध्यायले अझै पनि देशका धेरै ठाउँमा बोक्सीको आरोप लगाई कुटपिट गर्ने, मलमुत्र खुवाउने कार्य हुने बताउदै कुप्रथा अन्त्यका लागि मेचीमहाकाली महाअभियान सञ्चालन गरेको बताउनुभयो ।
सत्य घटनामा डकुमेन्ट्री बनेको र यसबाट सवैले शिक्षा लिई आफ्ना समाजमा भएका कुप्रथालाई रोक्न सवैले आ– आफ्नो ठाउँबाट अहम भुमिका खेल्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख केदारनाथ आर्चायले जव सम्म हरेक मानिस सचेत हुदैन तव सम्म कुप्रथा अन्त्य नहुने भन्दै यो अभियानले सचेत बनाउने काम गर्नेे बताउनुभयो ।
कार्यक्रमको सञ्चालन गर्नुहुदै प्रतिष्ठानकी सचिव रमा त्रिपाठीले सदियौँ देखि समाजमा कुप्रथाले जरा गाडेको र यसलाई निराकरण गर्न विद्यार्थी, आमा समुहको भुमिका ठुलो हुने बताउनुभयो । गाउँ गाउँमा जनचेतना फैलाउन यस सन्देश मुलक चलचित्रले सहयोग पुर्याउने उहाँको भनाई छ ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको कुप्रथा अन्त्यका लागि जारी महाअभियान अन्तरगत गण्डकी प्रदेशका मुस्ताङ, बागलुङ, म्याग्दी र स्याङजाको गल्याङमा सन्देशमुलक चलचित्र प्रर्दशन गरिएको आयोजकले बताएको छ ।
गण्डकी प्रदेशका १० वटा जिल्लामा यो सन्देशमुलक चलचित्र प्रर्दशन गरिने प्रतिष्ठानकी सचिव रमा त्रिपाठीले बताउनुभयो । कार्यक्रममा गल्याङ नगरपालिकाका स्थानिय प्रतिनिधि, नगरका कर्मचारी, भानुभक्त माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थी, शिक्षक, शिक्षिका, विभिन्न आमा समुहहरुको उपस्थिती रहेको थियो ।
यस्तै सन्देशमुलक चलचित्र हेरपछि गल्याङ नगरपालिका २ स्थित जनजागृती आमा समुहकी कोषाध्यक्ष बेनीकला बस्यालले यसबाट राम्रो जान पाएको बताउनुभयो । समाजमा बोक्सी भन्ने शब्द अन्धविश्वास, मनको डर मात्र हुदो रहेछ भन्दै चलचित्रबाट लिएका शिक्षा, चेतनालाई गाउँ गाउँमा पुर्याउने बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


