समुदाय-प्रहरी साझदारी कार्यक्रम अन्तर्गत रक्तदान ।

राधाकृष्ण डुम्रे/ स्याङ्जा :
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्याङ्जामा वृहत तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र रेडक्रस सोसाईटी स्याङ्जाको आयोजनमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान जीवन दान भन्ने मुल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका प्रहरीले जनाएको छ । कार्यक्रममा ३६ जना प्रहरी कर्मचारीहरु, ७ जना सशस्त्र प्रहरी, १ जना नेपाली सेना तथा सर्वधासाधारण ६१ जनाले रक्तदान गरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले रक्तदाता आयुष्मा लम्साललाई व्लड ब्याग हस्तान्तर गरेर शुरु भएको रक्तदान कार्यक्रममा,प्रहरी उपरिक्षक राजकुमार लम्साल,नेपाल रेडक्रस सोसाईटी क्षत्रीय रक्तसञ्चार सेवा पोखराका डाक्टर अर्जुन ज्ञावाली,पत्रकार, जिल्ला स्थीत सुरक्षा निकायका प्रमुखहरु,राजनैतिकदलका कार्यकर्ताहरु लगायतको सहभागिता रहेको प्रहरीले जनाएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले स्याङ्जामा विभिन्न गतिविधीहरु गर्दै आईरहेको छ । जसमा स्थानीयवासीहरुको समेत प्रत्यक्ष सहकार्य रहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


