धरौटी बुझाउन नसकेपछि विप्लवका चार कार्यकर्ता जेलचलान ।

भवानी अधिकारी/ स्याङ्जा :
नेत्रविक्रम चन्द (विप्लव) समुहका चार कार्यकर्तालाई जिल्ला कारागार चलान गरिएको छ । अदालतले तोकेको धरौटी वापतको रकम बुझाउन नसक्दा उनीहरुलाई कारागार पठाइएको हो ।
जिल्ला अदालतले धरौटी वापत प्रतिव्यक्ति ४ लाख २० हजार गरी कुल १६ लाख ८० हजार रुपैया माग गरेको थियो । सो वापतको रकम उनीहरुले बुझाउन नसक्ने जनाएपछि उनीहरुलाई पुर्पक्षको लागि कारागार चलान गरिएको हो ।
बिभिन्न आरोपमा पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका– २७ ज्यामिरेका ३३ बर्षिय जिल्ला इन्चार्ज गोकुल पराजुली, पश्चिम रुकुम त्रिवेणी गाउँपालिका–१ का २९ बर्षिय मजदुर नेता गोविन्द ओलीलाई २०७५ फागुन १४ गते पुतलीबजार १४ बाट प्रहरीले पक्राउ गरेका थिए । यसैगरी, भीरकोट नगरपालिका –२ का ४७ बर्षिय जिल्ला कमिटी सदस्य सागर अर्याललाई चैत २७ र वालिङ नगरपालिका–२ छाप्राककी ५० बर्षिया मिसिरा नेपाली (सार्की) लाई चैत १७ मा पक्राउ परेका थिए ।
पक्राउपछि प्रहरीले ४ जनालाई प्रहरीले पहिलो चरणमा राज्य विरुद्धको कसुर र विष्फोटक पदार्थ सम्बन्धि कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । नक्कली बमले स्थानीय नागरिकलाइ आवत जावतमा बाधा पुग्नुका साथै आतङ्क मच्याएको र विभिन्न स्थानमा धम्की दिएर चन्दा असुलेको समेत थप प्रमाण भेएिपछि दुवै मुद्धालाई संगठीत अपराध शिषर्कमा परिवर्तन गर्दै अदालतमा कारबाहीको माग गरिएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो ।
अदालतले एनसेल टावरमा बिष्फोट गराएको शिर्षकमा जनही दुई लाख २० हजार र नक्कली बमबाट आतंकित र चन्दा असुलेको शिर्षकमा दुई लाख धरौटी माग गरेको हो । चारजनाबाट जम्मा १६ लाख ८० हजार रुपैया तोकिएको छ भने अदालतबाट अवैध रुपमा चन्दा असुल गरेको रकम फिर्ता, टावरको क्षतिपुर्ति सहितको माग गरेको छ ।
उनीहरुले फागुन १० गते राती वालिङ नगरपालिका १२ मा रहेको एनसिएलको टावरमा बम विस्पोट र फागुन ३० गते पुतलीबजार नगरपालिका–४ भालुपहाडमा नक्कली बम राखेको आरोप छ ।
थुनुवा पुर्जी दिएर कारागार लगिएको बताउदै जिल्ला अदालतका श्रेस्तेदार नन्दप्रसाद आचार्यले भन्नुभयो धरौटी वापतको रकम बुझाउन सके मुद्धाको फैसलाको समयसम्म उनीहरु छुट्न सक्नेछन् ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…