भुपू सैनिक संघ स्याङ्जाले बयरघारीमा जागरणसभा गर्यो ।
बर्षा पंगेनी / भीरकोट :
नेपाली कागे्रसको भातृ संस्था नेपाल भुपू सैनिक संघ स्याङ्जाले बुधबार बयरघारीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । जागरण कार्यक्रममा पुर्व सांसद खगेन्द्रराज रेग्मीले भुपूहरुको समेत काग्रेसको जागरण अभियानलाई सफल पार्न महत्वपुर्ण भुमिका रहेको भन्दै गाउँगाउँमा जनतालाई जागरुक बनाउन आवश्यक रहेको बताउनुभयो ।

रेग्मीले भुपूहरुको हकहितका लागि नेपाली कागे्रसले २००७ सालदेखि नै योगदान पु¥याउँदै आएको र आगामी दिनमा समेत भुपूको साथमा कागे्रस रहेको बताउनुभयो । कार्यक्रममा पुर्व सांसद राजु थापा, कागे्रस महासमिति सदस्य एव भीरकोट नगरप्रमुख छायराम खनाल, कागे्रस कार्यबहाक जिल्ला सभापति बुद्धिबहादुर राना, नेपाल भुपूसैनिक संघका केन्द्रिय महासचिव मेघराज टण्डन, संघका सल्लाहकार खड्कबहादुर शाहीलगायतले भुपूहरुको हितमा सँधै कागे्रस रहेको बताउनुभयो । संघका अध्यक्ष क्षेत्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण प्रधान र सञ्चालन सोमबहादुर गुरुङले गर्नुभएको थियो ।


समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


