गल्याङ्को भानुमाविले शुरु गर्यो विज्ञानप्रविधि मुलक शिक्षा ।

टिकाराम अधिकारी / गल्याङ् :
स्याङ्जाको गल्याङ स्थित भानुभक्त आचार्य माविमा विज्ञान प्रविधि मुलक शिक्षा सञ्चालन कार्यक्रमको ड्रोन उडाएर शुरु गरिएको छ । विद्यालयको आयोजना तथा रोबो जुलियास वालिङको प्राविधिक सहयोगमा कार्यक्रम शुरु गरिएको हो । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई ध्यानमा राखेर कार्यक्रम शुरु गरिएको जानकारी दिदै विद्यालयका प्रधानाध्यापक रामकान्त पाठकले विद्यार्थीको माग र समयानुकुल शिक्षालाई ध्यानमा राखेर छुट्टै खालको शिक्षा सञ्चालनको अभियानमा आफूहरु लागि परेको बताउनु भयो ।
उहाँले भन्नु भयो सके सम्म निःशुल्क नसके विद्यार्थीलाई न्यून शुल्कमा यस्तो शिक्षा प्रदान गर्ने पक्षमा विद्यालय परिवार रहेको छ । कार्यक्रममा जोवो जुलियस वालिङ नगरपालिकाका इन्जिनियर सिर्जन सुबेदीले विद्यार्थीको मनोभावनालाई ध्यानमा राखेर विज्ञान तथा प्रविधि शिक्षासँग सम्वन्धीत कार्यक्रम सञ्चालनमा जोड दिएको बताउनु भयो । सो अवसरमा विशिष्टराज लुईटेलले ड्रोन क्याम्मरा र त्यसको महत्वको बारेमा जानकारी गराउनु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


