बढी सुन्दर भएको भन्दै महिलामाथि कारवाही

सुन्दर देखिने चाहना कसलाई हुँदैन र ? तर कहिलेकाहीँ धेरै सुन्दर हुँदा पनि दुख पाइने रहेछ ।
उरुग्वेको पेसेन्दु सहरमा हालै यस्तै घटना भएको छ । त्यहाँ अहिले एकजना सुन्दर महिला र ट्राफिक पुलिस चर्चाको केन्द्रमा छन् ।
समाचार अनुसार हालै उक्त सहरमा ती सुन्दर महिला बाइक चलाएर आफ्नो गन्तव्यतर्फ जाँदै थिइन् । उनलाई बीच बाटोमै ट्राफिक प्रहरीले रोक्यो र जरिवानाको रसिद काट्यो ।
ती महिलालाई ट्राफिकले जरिवाना तिराउनुको कारण भने रोचक रहेछ । महिला बढी सुन्दर भएका कारण सडकमा रहेका अन्य यात्रु तथा चालकहरुको ध्यान भड्किन सक्ने र दुर्घटना हुनसक्ने भन्दै उनलाई जरिवाना गरिएको रहेछ ।
ट्राफिक प्रहरीले ती महिलालाई जरिवानाको रसीद मात्र काटेनन् स्पेनिस भाषामा ‘आइ लभ यू’समेत लेखे ।
जब ती महिलाले आफुले पाएको उक्त रसिदलाई सोसल मिडियामा शेयर गरिन् तब त्यसले ठूलै तहल्का मच्चायो । धेरै मानिसले ट्राफिक पुलिसको आलोचना गरे र महिलामाथि हिंसा गरेको जिकिर गरेका छन् ।
यो घटनाबारे प्रहरीको माथिल्लो निकायले जाँचबुझ गरिरहेको बताइएको छ । यदि ती ट्राफिक प्रहरी दोषी पाइएमा उनलाई निलम्बनको कारवाही हुनसक्ने समाचारमा उल्लेख छ ।
एजेन्सीको सहयोगमा
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…