वालिङमा आजबाट बैकिङ तथा बीमा एक्स्पो हुने, राष्ट्रवैकका गभर्नर नेपालले उद्धघाटन गनुहुने ।

आँधीखोला खवर/ वालिङ :
स्याङ्जाको वालिङमा आज र भोलि बैकिङ तथा बीमा एक्स्पो हुदैछ । वालिङ उद्योग बाणिज्य संघको सिटिहलमा आयोजना हुने एक्स्पोको अहिले विहान १० बजे नेपाल राष्ट्र बैकका गभर्नर चिरन्जीवी नेपालले उद्दघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
बित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गत दुई दिन वालिङमा एक्स्पो हुन लागेको हो । मिडिया ईन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैकको प्रवद्र्धन, बीमा समितिको सहकार्य र वालिङ उद्योग बाणिज्य संघको सहकार्यमा हुने एक्स्पोमा उद्यमशीलताको बारेमा बहस, बित्तीय साक्षरता सम्वन्धी विशेष अन्तरक्रिया गरिने बताईएको छ ।
एक्स्पो ग्रामिण अर्थतन्त्रको विकास, लघु उद्यमशीलतालाई प्रभावकारी बनाउने उद्देश्यका साथ राष्ट्र बैकको योजना अनुशार कार्यक्रम गर्न लागिएको बित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले जानकारी दिनुभयो । उहाँले बीमामा पहुँच अभिवृद्धि, हुण्डीको न्युनीकरण, उद्यमशीलताको विकास,ग्रामिण अर्थतन्त्रको चलायमानमा एक्स्पोले महत्वपूर्ण योगदान दिने जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…