वालिङमा बैंकर्स क्लवको गठन ।

श्रीकृष्ण सिग्देल / वालिङ :
जिल्लाकै वित्तिय क्षेत्रको राजधानीको रुपमा रहेको वालिङमा बैंकर्स क्लव गठन गरिएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको हकहितको प्रर्बद्धन गर्ने र यस क्षेत्रमा रहेको अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गरि स्वस्थ बैंकिङ समाजको निर्माण गर्ने उद्देश्यले बैंकर्स क्लव गठन गरिएको हो ।

स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रतिनिधित्व रहने गरी क्लव गठन गरिएको बताइएको छ । वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खांणको विशेष उपस्थितीमा कैलाश विकास बैंक लिमिटेडका शाखा प्रबन्धक मोतिलाल कुँवरको अध्यक्षतामा ७ सदस्यीय बैंकर्स क्लव वालिङको गठन गरिएको हो ।
उक्त क्लवको उपाध्यक्ष कृषि विकास बैंकका विश्वराज मरासिनी, सचिवमा गरिमा विकास बैंकका बासुदेव पौडेल, कोषाध्यक्षमा गण्डकी विकास बैंकका प्रमुख चक्रपाणी बस्याल र सदस्यहरुमा जनता बैंकका रामबहादुर क्षेत्री, ज्योति विकास बैंकका कृष्ण प्रसाद काफ्ले र पोखरा फाईनान्सका रमेश प्रसाद पौडेल रहेका छन् । उक्त संस्थाले आफ्नो उद्देश्यका साथै यस वालिङ नगर क्षेत्र लगायत आसपास क्षेत्रमा रहेका नगरपालिका लगायत अन्य संघ संस्थाहरु संग सहकार्य गरि समय समयमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ । वालिङमा हाल १४ ओटा कर्मसियल, ६ ओटा विकास बैंक र १ फाइनान्स बैंक रहेका छन् । बैंकर्स क्लव स्थापना गरिएपछि बैकिङ् सेवामा स्वस्थ्य प्रतिपस्र्धा हुने विश्वास लिइएको छ ।
समाचार
थप सामाग्री-
नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिबालय मावि प्रथम ।
-
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
-
अमेरिकाबाट फर्किएर दिपकजङ्ग विश्वकर्माको शैक्षिक अभियान, ‘एक करोडको कोष निर्माण’ ।
-
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
-
नेपालको शिक्षामा हाम्रो साथ सहयोग हुने छ : क्रिश हयूज

लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
१ दिन अगाडि
स्याङ्जा : लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन…