वालिङमा बैंकर्स क्लवको गठन ।
श्रीकृष्ण सिग्देल / वालिङ :
जिल्लाकै वित्तिय क्षेत्रको राजधानीको रुपमा रहेको वालिङमा बैंकर्स क्लव गठन गरिएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको हकहितको प्रर्बद्धन गर्ने र यस क्षेत्रमा रहेको अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गरि स्वस्थ बैंकिङ समाजको निर्माण गर्ने उद्देश्यले बैंकर्स क्लव गठन गरिएको हो ।

स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रतिनिधित्व रहने गरी क्लव गठन गरिएको बताइएको छ । वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खांणको विशेष उपस्थितीमा कैलाश विकास बैंक लिमिटेडका शाखा प्रबन्धक मोतिलाल कुँवरको अध्यक्षतामा ७ सदस्यीय बैंकर्स क्लव वालिङको गठन गरिएको हो ।
उक्त क्लवको उपाध्यक्ष कृषि विकास बैंकका विश्वराज मरासिनी, सचिवमा गरिमा विकास बैंकका बासुदेव पौडेल, कोषाध्यक्षमा गण्डकी विकास बैंकका प्रमुख चक्रपाणी बस्याल र सदस्यहरुमा जनता बैंकका रामबहादुर क्षेत्री, ज्योति विकास बैंकका कृष्ण प्रसाद काफ्ले र पोखरा फाईनान्सका रमेश प्रसाद पौडेल रहेका छन् । उक्त संस्थाले आफ्नो उद्देश्यका साथै यस वालिङ नगर क्षेत्र लगायत आसपास क्षेत्रमा रहेका नगरपालिका लगायत अन्य संघ संस्थाहरु संग सहकार्य गरि समय समयमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ । वालिङमा हाल १४ ओटा कर्मसियल, ६ ओटा विकास बैंक र १ फाइनान्स बैंक रहेका छन् । बैंकर्स क्लव स्थापना गरिएपछि बैकिङ् सेवामा स्वस्थ्य प्रतिपस्र्धा हुने विश्वास लिइएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


