उत्पादन वृद्धि, लगानी र ऋण व्यवस्थापनमा भीरकोट नगरपालिका सक्रिय हुँदै ।
आँधीखोला खवर/भीरकोट :
उत्पादन वृद्धि, लगानी र ऋण व्यवस्थापनका लागि सरोकारालाहरु बीच अन्तरक्रिय तथा छलफल कार्यक्रम भीरकोट नगरपालिकाको बयरघारीमा सम्पन्न भएको छ । नगरका बैंक वित्तिय सहकारीहरुको सहभागितामा छलफल कार्यक्रम गरीएको हो । कार्यक्रममा नगरप्रमुख छायाराम खनालले सहकारी तथा बैंकहरुले आर्थिक कारोबारसंगै उत्पादन मुलक कार्यमा समेत आफ्नो लगानी गर्नुपर्ने बताउनुभएको छ ।
प्रमुख खनालले नगरभित्र रहेका बैंक तथा वित्तिय संस्थाहरुको अनुगमन गरी सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्ने बताउनुभयो । लगानीकर्ताको सुरक्षाका लागि बीमा आवश्यक रहेको भन्दै ऋण प्रवाहमा जनतालाई सहजता प्रदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष कमल त्रिपाठी, ३ का अध्यक्ष बाबुराम श्रेष्ठ, ५ का अध्यक्ष यामप्रसाद अधिकारी, कृषि विकास बैंक स्याङ्जाका प्रमुख राजेन्द्रराज रेग्मी, सहकारीको तर्फबाट डोलराज ढुङ्गाना लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विभिन्न बैंक तथा वित्तिय सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले समेत आफ्ना भनाई राख्नुभएको थियो । उपप्रमुख सिमा केसी कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रम माथि प्रकाश प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना र सञ्चालन योजना अधिकृत यामप्रसाद रेग्मीले गर्नुभएको थियो । भीरकोटमा ३ बैंकका साखा कार्यालय, ३२ सहकारी र १ केन्द्रिय कार्यालय रहेको वित्तिय संस्था रहेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…



