बालिका करणीको आरोपमा स्याङ्जामा एक व्यक्ति पक्राउ ।
आँधीखोला खवर / स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बालिका करणीको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । ५० वर्षिय ती व्यक्तिलाई भीरकोट नगरपालिका वडा नम्वर १ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले कक्षा ७ मा अध्ययनरत १३ वर्षिया बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
२०७५ चैत्र ६ गते बालिका विरामी भई घरमा एक्लै रहेको मौका पारी ती ५० वर्षिय व्यक्तिले फकाएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेसँगै उनलाई मंगलबार जिल्ला अदालतमा प्रस्तुत गरी म्याद थपको अनुमति लिई हिरासतमा राखिएको प्रहरीले जनाएको छ । करणीको आरोप लागेका व्यक्तिको नाम र ठेगाना सार्वजानिक गरिएको छैन ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


