बालिका करणीको आरोपमा स्याङ्जामा एक व्यक्ति पक्राउ ।

आँधीखोला खवर / स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बालिका करणीको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । ५० वर्षिय ती व्यक्तिलाई भीरकोट नगरपालिका वडा नम्वर १ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले कक्षा ७ मा अध्ययनरत १३ वर्षिया बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
२०७५ चैत्र ६ गते बालिका विरामी भई घरमा एक्लै रहेको मौका पारी ती ५० वर्षिय व्यक्तिले फकाएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेसँगै उनलाई मंगलबार जिल्ला अदालतमा प्रस्तुत गरी म्याद थपको अनुमति लिई हिरासतमा राखिएको प्रहरीले जनाएको छ । करणीको आरोप लागेका व्यक्तिको नाम र ठेगाना सार्वजानिक गरिएको छैन ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…