बाँदरको आतंकले गल्याङ क्षेत्रका मकैबारी रित्तो ।


नारायण विश्वकर्मा / गल्याङ् :
धानचमर लागेका मकै बाँदरले भाँचेर सोत्तर पारे पछि किसान हैरानीमा परेका छन । गल्याङ नगरपालिका–७, कल्लेरीका किसानले झण्डै ९ रोपनी खेतबारीमा लगाएको मकैेका वोट भाच्ने र खाईदिने गरे पछि किसान मर्कामा परेका हुन । बाँदरले स्थानीय किसान जङ्ग बहादुर राना, तिलकुमारी राना, सित्तलसिंह रानाको पाच रोपनी र अन्य ९ जना किसानको ४ रोपनी बारीमा लगाएको मकैको वोटमा क्षती पुर्याएको स्थानीय अस्मीता रानाले बताउनुभयो ।
यहाँको प्रमुख अन्न वाली मकै दिनहुँ बाँदरले खेतबारीमै आएर भाँच्ने र खाने गर्दा बारी नै रित्तो भईसकेको किसानहरुले बताए । ‘एक हल मेलोको मकै बाँदरले रित्ताए, अव त खेती गर्ने जाँगर पनि हराइसक्यो ।’ रानाले भन्नुभयो,–‘खेती गरेर वाँदरलाइ हुन्छ भने अर्को वर्ष मकै छरिँदैन हो, वरु खेतबारी बाँझै राख्ने सोँच छ ।’
बारीभरीको मकै बाँदरले खायो, वर्षभरी बजारको चामल किन्न पनि गाह्रो हुन्छ, कसरी गर्जो टार्ने हो, छोराछोरी पाल्न समेत धौ हुने भयो अर्का किसान तिलकुमारी रानाको गुनासो छ ।
‘दिउँसोमा बाँदरले हैरान बनाउँछ, रात परे पछि दुम्सीले आतंङ्क मच्चाउँछ ।’ अर्का किसान चुरामणी रानाले भन्नुभयो,–‘पहिले पहिले मकै पाक्ने बेला तिर आउने बाँदर हिजो आज मकै छरे देखि बारी छोडेका छैन ।’
किसान सित्तलसिंह रानाले बाँदरले खेतबारीमा मात्र नभएर घरमै आएर बार्तलीमा राखेका अन्नबाली खाईदिने गरेको बताउनुभयो । उहाँले बाँदरको आतंकबाट हैरान भए पछि बाँदर नियन्त्रणका लागि नगरपालिका संग गाउँलेहरुले माग गरेको बताउनुभयो ।
वडा अध्यक्ष रामविर गुरुङले बाँदर छोप्ने पासो बनाउन नगरपालिकामा माग गरेको जानकारी दिनुभयो । उहाँले बाँदर नियन्त्रणका अन्य विकल्प प्रभावकारी हुन नसकेको भन्दै बाँदर सम्वन्धी प्राविधिक ल्याएर बाँदरमा परिवार नियोजन गरेर छाड्दीने कार्यक्रम ल्याउन समेत माग गरेको बताउनु भयो ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…