अर्जुनचौपारी काठमाण्डौं समाज गठन ।
आँधीखोला खवर/स्याङ्जा :
स्याङ्जाको अर्जुन चौपारी गाँउपालिकामा जन्मिएर काठमाण्डौंमा वस्दै आएकाहरुको भेलाले अर्जुनचौपारी काठमाण्डौं समाजको गठन गरको छ । काठमाण्डौंमा भएको प्रारम्भिक भेलाले राजेन्द्र चापागाईंको अध्यक्षतामा २९ सदस्यीय तदर्थ समितिको गठन गरेको हो । भेलाले समाजलाई दर्ता गरेर विभिन्न सामाजिक गतिविधी सञ्चालन गर्ने निर्णय गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा दिपेन्द्र गुरुङ,थमनारायण अर्याल र भानुभक्त ढुङ्गाना रहनु भएको छ । त्यस्तै महासचिवमा नेत्रनारायण पौडेल,सचिवमा सुर्य प्रसाद चापागाईं र कोषाध्यक्षमा नविन पौडेल चयन हुनु भएको छ ।
समाजका सदस्यहरुमा हिरादेवी काफ्ले,गोमा न्यौपाने ढकाल,भविश्वर देवकोटा, नवराज पौडेल,चित्र वहादर रोका,मिलन गुरुङ,सञ्जिता केसी,त्रिलोकप्रताप काफ्ले,पिताम्वर रिमाल, तिलादेवि काफ्ले, सविन गौतम,हरिप्रसाद चापागाईं, चुडामणि चपाईं, निलकण्ठ चापागाईं,बालकृष्ण चपाईं,सागरराज खनाल रहेकाछन् त्यस्तै अन्य सदस्यहरुमा धु्रवराज पौडेल,सीता सुनार,देवीकुमारी पौडेल,लक्ष्मी प्रसाद ढकाल,राजकुमार सुनार र सचिन अधिकारी रहेकाछन् ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…