चापाकोटमा ७ दिने अगरबत्ति तथा १० दिने महिला उद्यमशीलता तालिम सम्पन्न ।

माधव भट्टराई / चापाकोट :
स्याङ्जाको चापाकोट नगरपालिकामा ७ दिने अगरबत्ति बनाउने तालिम तथा १० दिने महिला उद्यमशीलता तालिम सम्पन्न भएको छ ।
तालिमको समापन गर्दै नगर प्रमुख शिबकुमार गिरिले महिलाहरु उद्यमी बनेमा मात्रै आर्थिक उपार्जन मार्फत परिवार चलाउन सहज हुने बताउनु भयो । उहाँले शीपलाई निरन्तर व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो । उद्योग वाणिज्य संघ चापाकोटका अध्यक्ष मणि खनालको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत घरेलु तथा साना उद्योग बिकास समिति स्याङ्जाका शाखा अधिकृत जगन्नाथ पाण्डेले र संचालन उद्योग वाणिज्य संघ चापाकोटका सचिव शिव श्रेष्ठले गर्नु भएको थियो । चापाकोट नगरपालिका वडा नम्वर ८ दामाचौरमा सञ्चालित तालिममा ५० जनाको महिलाहरुको सहभागीता रहेको थियो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


